‘हिन्दु’, ‘बौद्ध’ र ‘किरात’ एकै हुन्, सनातनी हुन् भन्नेहरु आज किन मौन ?

  निनाम लोवात्ती
175 Shares

निनाम लोवात्ती

हिजो अस्तिसम्म नेपाल धार्मिक रुपमा विवाद हँुदा वा भनौं नेपालमा हिन्दु धर्म मान्नेहरुको संख्या कसरी ८१ प्रतिशतभन्दा माथि भयो ? भनी ओपचारिक र अनौपचारिक रुपमा बहस, छलफल हुँदा राज्य पक्षका सबैजसो लेखक, विचारक, विश्लेषक, इतिहासकार, धार्मिक नेता, प्राध्यापक, पत्रपत्रिका, पत्रकार, विज्ञ, प्राज्ञ विद्धान आदिले ‘-हिन्दु, बौद्ध र किरात एकै हुन्, सबै सनातन धर्म मान्नेहरु हुन, भनी वकालत गर्थे, लेख्थे, बोल्थे । आज हेरौं त, विगतमा त्यसरी सबैलाई ‘-हिन्दु, बौद्ध र किरात एकै देख्ने लेखक, विचारक, विश्लेषक, इतिहासकार, धार्मिक नेता, प्राध्यापक, पत्रपत्रिका, पत्रकार, विज्ञ, प्राज्ञ आदि प्रदेश नम्बर १ को नाम ‘कोसी’ हुनु हुँदैन, त्यसको सट्टा ‘किरात-सगरमाथा-कोसी’ वा ‘किरात’ अथवा…, हुनु पर्छ भनी असन्तुष्ट पक्ष आन्दोलन गरिरहेका छन् । तर यो वेला उनीहरु सबै ‘तैँ चुप, मै चुप’ छन् । यस्तो अवस्थामा त हिजो धार्मिक रुपमा ‘-हिन्दु, बौद्ध र किरात एकै हुन्, सबै सनातन धर्म मान्नेहरु हुन, भनी जोडदार रुपमा वकालत गर्ने, लेख्ने, बोल्नेहरुले केही न केह ित लेख्नू नि !

जे भए तापनि राज्य पक्षाका मान्छेहरुले त्यसरी प्रदेशको नाम सुटुक्कै ‘कोसी’ राखेपछि एकाएक ‘कोसी’ नाम खारेज हुनुपर्छ भनी माग राख्नेहरुले आन्दोलन चर्काएका छन् । हाममीले देख्दा र अन द रेकर्ड बोल्न नचाहे प्रदेशसभामा सभासदहरुका अनुसार एकाएक ठूला राजनीतिक दलहरुले (खास गरी एमाले, नेका, राप्रपा आदि) ले एक दिनअघि त्यो पनि रातमा मात्रै सुटुक्कै ‘१ नम्बर प्रदेशको नाम कोसी प्रस्ताव गर्न आँटिएको र सोही नामलाई दायाँबाँया नगरी पास गर्नु !’ भनी मौखिक रुपमा आदेश दिईएको थियो रे !? यसरी हेर्दा जनताबाट निर्वाचित भएर आएका प्रदेशसभाका माननीय सदस्यहरुबीच वृहद ढंगले बहस र छलफल नै नचलाई-नगराई हतारहतारमा ९० प्रतिशतको अहंकारसहित ‘कोसी’ नाम पारित गरियो । तर त्यसको दीर्घकालीन असर भने भविश्वमा देखिने संकेत मिलेको छ । खासमा राज्य पक्षको चालामाला हेर्दा अहिले प्रदेश १ को नाम ‘कोसी’ खारेज गर्नु पर्छ भनी लागेका आन्दोलनकारीहरुलाई नबिच्क्याउने, थकाउने र अन्त्यमा…देखिन्छ ।

त्यसो त राज्य पक्षले प्रदेश नम्बर १ को नाम ‘कोसी’ राख्नका लागि ‘बलिको बोको अर्थात प्रस्तावक’चाहिँ एमालेका एक राई (नीरन राई !) लाई र सर्मथकमा पनि एमालेकै एक मगर लाई बनाएका थिए । जेहोस् नेपालका जातजाति, भाषाभाषी, धार्मिक समूह, अल्पसंख्यक आदिप्रति अनुदारवादी रुझान राख्ने शासक जात समूहका मान्छेहरुले १ नम्बर प्रदेशको नाम ‘कोसी’ राखेपछि त्यहाँका जनताहरुले खासगरी किराती मूलका र अन्य आदिवासी जनजाति मूलका जनताहरुले सडकमा उत्रिएरै सार्वजनिक रुपमा विरोध गरी रहेका छन् । त्यसै क्रममा एक जना (लाजेहाङ लिम्बु सहिद भई सकेका छन्) आन्दोलनकर्मीको ज्यान गई सकेको छ । त्यसो त तत्कालीन १ नम्बर प्रदेशका माननीय मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ऊ वेला झापामा भएको एक सार्वजनिक कार्यक्रममा १ नम्बर प्रदेशको नाम पहिचान झल्किने गरी राखिने भनी बोल्नु भएको थियो । तर परिणाम भने मुख्यमन्त्री ज्युले बोलेको भन्दा विपरित अर्थात् ठीक उल्टो आएको छ । हुनत त्यो वेला माननीय मुख्यमन्त्री ज्युले कस्तो पहिचान ? भन्ने सम्बन्धमा चाहिँ त्यो वेला मूर्त ढंगले खुलाउनु भएको थिएन ।

ह्ुनत ‘कोसी’ नाम खारेज हुनुपर्छ भनी आन्दोलन गर्ने आन्दोलनकर्मी कारेडहरुले अभैm पनि ‘किरात-लिम्बुवान-सगरमाथा’ वा अरु त्यस्तै फुर्को झुन्ड्याएर नाम राख्नुपर्ने माग हो कि ? अहिलेलाई कम्तिमा ‘किरात प्रदेश’मा सहमत हुने हो ? यो पंक्तिकारले केही थाहा पाएको छैन । किनभने हामीले बुभ्mनुपर्ने मुख्य कुरो हिजो ‘तमुवान’, ‘मगरात’, ‘नेवाल्यान्ड’वा ‘नेवा-ताम्सालिङ’, ‘थरुवान’ ‘थरुहट’, खसान’ दिन्छु भनेर हामीलाई मर्न र मार्न लागि उक्साउने राजनीतिक दल नेकपा (माओवादी) (पछि अनेक टुक्रामा विभाजित हुँदै र अनेक फुर्को राख्दै आएको) र तिनका सुप्रिमो प्रचण्डले नै…पहिचान जनित नाममा अडान नराखेपछि वा वास्ता नगरेपछि हामीले पनि सोच्नैपर्ने हुन्थ्यो-हुन्छ कि हाम्रो आप्mेनै बलमा मात्रै हामी भने जस्तो नामम रहलता त प्रदेश १ को नाम ‘कोसी’ सट्टा अरु कुनै नाम ? हो, नामका सम्बन्धमा भन्नु पर्दा ‘मधेस प्रदेश’ मात्रै एक उदाहरण र अपवाद रहेको छ । तर मधेस प्रदेशको नाम  ‘मधेस प्रदेश’ रहनुमा कसको पुट थियो, कसको आशिर्वाद थियो ? त्यो हामीले भुल्नु हुँदैनकि ? यसको मतलब पहिचान जनित नाम नमागौं भन्ने पटक्कै होइन ।

तर ‘किरात प्रदेश’ मात्रै नाम रहनुको सट्टा लिम्बु आदाङ्बा-आदाङ्मा हरुलाई ‘लिम्बुवान’ हुनैपर्ने, आर्य-खस समूहलगायत हिन्दु धर्मालम्बीहरुलाई त ‘कोसी’, ‘सगरमाथा’, ‘विराट’, ‘सुनकोसी’, ‘पूर्वाञ्चल’ जे राखे पनि खुदो पल्टिने नै भयो । उनीहरुका लागि प्रदेशको नाम राख्दा नेपालका कुनै पनि जताजाति, भाषाभाषी धार्मिक समूह आदिको गन्ध नआए पुग्यो !? उता जात वा जाति हुने कुनै आधार नै नभएको अर्थात् हिजो (भूमि सुधार ऐन-२०२१ आउनु र सो ऐन तलतलसम्म लागू हुनुअघि) सम्म असली अर्थात् ‘तालुकदार-जिम्मवाल’ ‘राई !’बाहेकका रैती+ढाक्रेहरुले आप्mनो नामको पछाडि (जस्तै बलबहादुर ‘राई !’) लेखेमा तैँलै नपाएको ‘राई !’ किन लेखिस् ? भनेर कारबाही गरिने ‘राई !’ “पद, पदवी वा पगरी” जनाउने ‘राई !’बाब्दलाई नै (‘राई !’ जात हो कि जाति ? यो पंक्तिकारलाई थाहा भएन ।) जात मानेका अथवा जात मान्नैपर्छ भनी लिँडेढिपी कस्ने कथित् ‘राई !’ जात समूहका झुन्डले चाहिँ त झनै अचम्म गरिहेका छन् । किनभने उनीहरुले आप्mनो जात  वा भाषा ‘राई !’ को आधारमा राज्य वा प्रदेश माग्दा किरात नमागीकन ‘राई !’ प्रदेश, ‘राई !’ राज्य वा ‘राई !’वान पो माग्नुपर्ने थियो, होइन र ?

के भनिन्छ भने, किरात सभ्यता विश्वकै सबैभन्दा पूरानो सभ्यतामध्ये एक हो । यो कुरोलाई विश्वका प्रायः सबै विद्धत वर्ग, अनुसन्धाकर्ता, अन्वेषक, इतिहासकार, खोजकर्ता, लेखक आदिले पनि स्वीकारेका छन् । इतिहासकारहरुका अनुसार किरात अथवा किरातीहरु ब्रह्मपुत्र र गंगा (गोङवा) नदी र यसका शाखा नदीको आसपास विकास भएको मानिन्छ । सुरुमा एसिया महादेशको ठूलो भू-भाग जस्तो कि दक्षिण एसिया, दक्षिण-पूर्व एसिया र मध्य एसियामा किरात-किरातीहरु बसेका थिए । किरात-किरातीहरु कास्मिरदेखि पूर्व, कामरुप, भुटान हँुदै मानसरोवरको दक्षिण-पश्चिमसम्म, ब्रह्मपुत्र नदीको किनारदेखि सरयु नदीको किनारसम्म, मानसरोवर क्षेत्रदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म विशाल क्षेत्रमा पैmलिएका थिए भन्ने इतिहासकारहरुको भनाइ छ । साथै किरात-किरातीहरुको ऐतिहासिकता बारे विश्वकै प्राचीन मानिएको संस्कृत साहित्यहरुमा पनि प्रशस्तै चर्चा-परिचर्चा गरिएको पाईन्छ । वेद, पुराण, अथर्ववेद, वाल्मिकी रामायण, महाभारतहरु आदिलाई लिन सकिन्छ । जुन प्राचीन धार्मिक ग्रन्थहरुमा किराती राजाहरु र किराती जनताहरुको प्रशस्तै उल्लेख गरेको पाईन्छ । त्यस्तै प्राचीन संस्कृत साहित्यहरु ऋग्वेद, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न खोज तथा, अनुसन्धान र विभिन्न अभिलेखहरुमा पनि किरात र किराती जातिको उल्लेख भएको पाइन्छ । त्यस्तै बौद्ध साहित्य, ब्राह्मण, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म आदि विश्वका विभिन्न धर्म ग्रन्थहरु, प्राचीन वास्तुकला, शिल्पकला, लोककला, चित्रकलाका साथै लोक कथाहरुमा पनि किरात र किरातीहरुका बारेमा प्रशस्तै चित्रण गरिएको, उल्लेख गरिएको पाइन्छ ।

एवम् रीतले किरात र किरातीहरुको वंशावलीका बारेमा ‘गोपाल राज वंशावलीअनुसार ३२ पुस्ता, राइटको वंशावलीअनुसार २९ पुस्ता, जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको  वंशावलीअनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशनअनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नाचार्यका अनुसार २८ पुस्ता, ‘सुब्बा’ प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता र भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्तासम्म किराती राजाहरुले (काठमाडौ उपत्यकामा) राज्य चलाएका थिए ।’ यसबाहेक पनि एसियाको विभिन्न क्षेत्रहरुमा किरातीहरुले शासन चलाई आएका थिए । हालको भारत र नेपालका भू-भागहरुमा नै पनि किरात-किरातहरुको अनेक संप्रभु-सत्ता सम्पन्न राष्ट्रहरु अस्तित्वमा थिए भन्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार