सुनसान (कविता)

  लिला सुब्बा  107 पटक हेरिएको

लिला सुब्बा

हेर आज कति सुनसान छ मेरो देश,
कोरानाले देश कब्जा गरिरहेको बेला..
एकातिर कोरानाको मौका छोप्दै छन्,
अर्को तिर हस्तीहरू सुतिरहेका छन् रे…
म सुतिरहेको बेला मेरो देश थियो रे,
म ब्यूँजिदा त सडक अर्कैले पो बनाइसके छ रे..?
कोहि हस्तीहरू भन्दै छन् रे…
कालापानी लिपुलेक र लिम्पियाधुरामा बाटो बनाएको थाहा नै छैन रे,
हेर आज कोराना भाइरस फैलीयो भन्छन्,
खै कोरानाभाइरस कस्तो छ थाहै छैन रे..?
महामारीले ज्यान लान्छ भन्छन्,
तर आज लकडाउनले भोकमारी पो हुुँदै छ रे..?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार