प्रिय कोरोना (कविता)

  चेतन आङथुपो
0 Shares

चेतन आङथुपो

प्रिय कोरोना

म यतिवेला

एक सय दुई वर्ष अघिको स्पेनिश फ्लूको

महामारी इतिहास पढ्दैछु

इतिहास लेख्ने भन्दा पनि बनाउने रहेछ

पचासको दशकमा तिमीले

ल्याएको महामारीका संकटकालीन अवस्थाले

विश्वभर लकडाउन घोषण गर्‍ यो ।

लकडाउन रोचक थियो

१९ दिने जनआन्दोलन

भारतिय नाकाबन्दी भन्दा

मेरो देश मात्र हैन

विश्वलाई एकै साथ सजाय दिन सफल रह्यौ

तर कोराना

म यहि चिन्तित छु ।

लकडाउनले

हुँदा खानेहरुको माग

सम्बोधन गर्नै सकेको छैन ?

बरु सक्यो

राहतकै राजनीतिक गर्न

पिपिईमाथि भ्रष्ट्रचार गर्न

सरकारले भ्रम फैलाउन

कृत्रिम अभावको मुल्य सिर्जना गर्न ।

 

कोरोना, म यहि कन्फयुज छु

तिम्रो लक्षणहरु खराब कि ?

मेरो देशका नेताहरुको नियत ?

रै पनि म

झ्यालबाट जीवन हेर्दैछु

लकडाउनको प्रभाव बुझ्दैछु

कोरोना

सधैं खुल्ला रहने दक्षिण झ्यालको नाकाबाट

म महामारीको हावा खाइरहेछु

 

देश

चकमन्न छ

सुनसान छ

मौनधारणमा छ

बन्द कोठामा रहेर महसुस गर्दैछु

वुहानबाट हिडेको तिमी

अब कहिले फर्किन्छौ ?

तिमी आउनु भन्दा

चार बर्ष अघि आएको महा भुकम्पको बेला

जन्मिएको कम्पन मतीे

नातीनिले टीक टकमा नक्कल गरेको हेर्दै

सत्यरानी बोजु

एकोहोरिएको छ

झर्कमान र उनकी

स्वास्नी

सांघूरो कोठामा बसेर

दुवैको मथिङ्घलले

यहि सोचि राछन् ।

कोरोना कहिले फर्किन्छ र

अभावका खाल्डो पुर्न

अस्थायी जागिर

ज्यालादारीमा

फर्किने हो भनेर ?

 

तिम्रो लागि लाखौ दियोवाली रहने

अन्धभक्त अनुयायिको प्रश्न यहि छ ?

कोरोना तिम्रो सौन्दर्यका वास्नाले

ज्यान लिएका हजारौं

मृत आत्माहरुले

पैसा, एस आराम, धनलाई फाले पनि

आर्थिक संकट त छदै छ

तर

खाद्मन संकट नै भयो भने

के होला ?

प्रिय कोरोना

म दक्षिणकै झ्याल हेरेर

चिन्तित छु ।

संसारलाई स्तब्ध बनाउने

तिम्रो सालिन व्यवहारको

ग्लोबल ट्राभल

कहाँ पुगेर अन्त्य हुने हो ?

यात्रा भरि कतै

ठोकिन पुग्लाउ

पचासको दशकमा

हराएको

एड्स

सार्स

ईबोला

र स्वाइन फ्लुलाई

भ्नि दिनु

सेम्टेम्बर ९ र ११

मेरो जन्मदिन हो भनेर

कोरोना

तिमीले आफ्नो घमण्ड कमै गरेर

फर्किने छौ, भन्नेमा

म विश्वस्त छु

तिम्रो आफ्नो

बाफिलो श्वासले

मानिसहरुलाई

प्रेम गरेकैै कारण

आइसोलेसन मा लगि छाड्यौ

लकडाउनमा पारि छाड्यौ

अझै  कति त अर्ध चेतमा

क्वारेन्टाइनमा लडि राछन् होला ?

सामाजिक दुरी बढाइरहेछ

कोरोना

एउटा देशको मानिस अर्को देशमा जान

पास पोर्ट पेशनु पर्छ

भिषा लाग्नु पर्छ

तर तिमी

ग्लोबल ट्राभल

कसरी गरि रहेछौं ?

तिमीले एक सताब्दीको अन्तरमा

इतिहास बदलि दियौ.

विश्वको महा योद्धालाई जित्यौ

तर

इतिहास जित्न निकै गाह्रो होला ।

किन की

छैटौं शताब्दीमा जस्टिनियन प्लेग

चोधौ शताब्दीमा ब्ल्याकडेथ

सत्रौ र अठारौ

शताब्दीतिर ग्रेट प्लेग जन्मिएका थिए ।

उनीहरुले पनि करोडौं मानिसहरुको ज्यान लिए

गंगा नदी उतिबेला पनि

लाखौं मुर्दाहरुले भरिएका थिए

तिमीलाई थाहा छ ?

 

कोरोना

यो साल नयाँ बर्षको

शुभकामना भन्न सकिन

किन कि

तिमीले

शोक संगै

आर्थिक मन्दी

बनाएर गयौ

प्रिय कोरोना

अब विश्व

भ्रमण स्थगित गर ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार