फुटाउ ! (कवित)

  कृष्णदीप घिमिरे
49 Shares

कृष्णदीप घिमिरे

फुटाउ फुटाउ

कहिले सरकार फुटाउ

कहिले पार्टी फुटाउ

केहिले हाँसीहाँसी फुटाउ

केहीले रोइ कराइ फुटाउ

फुटाउननै जानेको छ

बाँकी के नै सक्छौ र

कहिले अध्यादेश ल्याएर फुटाउ

कहिले छिमेकीको सन्देश ल्याएर फुटाउ

जसरी सजिलो हुन्छ त्यसरी नै फुटाउ

कहिले माथिबाट फुटाउ

कहिले तलबाट फुटाउ

कहिले पुर्व बाट फुटाउ

कहिले पश्चिम बाट फुटाउ

जताजताबाट मिल्छ

त्यता त्यता बाटै फुटाउ

केहीले मुर्ति फुटाउ

केहीले विमानस्थलमा मजदुरको लगेज फुटाउ

कहिले प्रहरीका टाउको फुटाउ

कहिले आफ्नै फुटाउ

हाँ जसको जे भट्छौ

त्यहाँ त्यही फुटाउ

कहिले साडीमा लटपटिएर फुटाउ

कहिले ओछ्यानमा छटपटाएर फुटाउ

कहिले संविधान जारीमा फुटाउ

कहिले महामारीमा फुटाउ

जुन जुन बेला ठिक लाग्छ

त्यहीँ त्यहीँ बेला फुटाउ

तिनकुनेमा आखाका चस्मा फुटाउ

संसदमा माइक, कुर्सी फुटाउ

निर्वाचन आयोगमा पार्टी फुटाउ

सडकमा सिसा फुटाउ

क्याम्पस पढ्नेले ताला फुटाउ

जसको शक्ति जहा छ

त्यहाँ त्यहाँबाट फुटाउ

कहिले भागबन्डा नमिलेर फुटाउ

कहिले गुटबन्दी गरेर फुटाउ

कहिले छिमेकीलाई दोष दिएर फुटाउ

कहिले विपक्षीलाई दोष दिएर फुटाउ

कहिले राष्ट्रियता देखाएर फुटाउ

कहिले असफलता देखाएर फुटाउ

फुटाउन छोड्दै नछोड

तर कारण देखाएर फुटाउ

बनेका संरचना भत्काउ

विदेशबाट राहत जुटाउ

खातामा काम सम्पन्न जनाउ

हातमा पैसा थमाउ

फेरि कार्यकर्ता लगाएर फुटाउ

पक्राउ परे फोन गरेर छुटाउ

सब थोक फुटाउ

तर तन्किनु सम्म तन्केको पेट नफुटाउ

कालो धनको सन्दूक नफुटाउ

फेरि पनि चुनावमा आस बाड्नुँ छ

त्यसैले विकासको मुहान चाहिँ नफुटाउ !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार