संचारकर्मी नेम्बाङको लेखन तथा निर्देशनमा लघुचलचित्र ‘एउटा सपना’ (भिडियो सहित)

  नयाँ बुलन्द
0 Shares

झापा : संचार क्षेत्रमा क्रियाशिल सञ्चारकर्मी देशराज नेम्बाङको लेखन तथा निर्देशनमा ‘एउटा सपना’ शीर्षकको लघुचलचित्र निर्माण भएको छ ।

झापाको दमकबाट सञ्चालित मौलिक टिभि यूट्युव च्यानलले निर्माण गरेको लघुचलचित्र एउटा सपना निरन राईको छाँयाकन तथा सम्पादन रहेको छ ।

यस लघुचलचित्र मार्फत युवाहरुले देख्ने सपना र अभिभावकले आफ्ना सन्ततीहरुबाट अपेक्षा गर्ने सपना विचको द्धन्द्धलाई प्रस्तुत गरिएको छ । कथा सार अनुसार कथाकी मुख्य पात्र मायाको उद्घोषिका बन्ने सानै देखिको सपना हुन्छ । तर मायाको बुवालाई त्यो पेसा मन पर्दैन । र परिवारमा द्धन्द्ध सुरुहुन्छ ।

यहि कथावस्तुमा लघुचलचित्र सपना निर्माण भएको छ । लघुचलचित्रमा कलाकारहरु देशराज नेम्बाङ, कौशिला खेवा, उमा सम्बाहाम्फे, नरवीर गोम्देल र ओममाया आङदेम्बेले अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार