काेराेना तिमीलाई धन्यवाद छ ! (कविता)

  अर्जुन योङहाङ
28 Shares

अर्जुन योङहाङ

प्रकृति,

तिमिलाई म सेवारो गर्दछु

‘कोरोना भाइरस’ तिमीलाई

पनि धन्यवाद भन्दछु

किन भने एकैछिन लाई मानौं कि !

मान्छेहरुको व्यवहारबाट

‘मानवता’, भाइचारा, भातृत्वहरुले

एक किसिमले टाप कसिसकेका थिए

एक किसिमले बेपत्ता भईसकेका थिए

कसो ‘कोरोना’ तिम्रो आगमनले

मान्छेहरुमा ‘मानवता’ को  फेरि मुना पलाएको छ !

अमेरिकाको जङगलबाट

एउटा गोरो सिंह गर्जिरहन्थ्यो

अन्य जङगलका जनावरहरुको बर्खिलापमा

शक्तिको अहम नंग्राले कोतर्न खोजिरहन्थ्यो

हो,

ठीक यति बेला,

उसको टाउकाले भुँईतिर हेरिरहेको छ

उसको अहंकारी नंग्रा कोरोना कैँचीले काटिदिएको छ

त्यसैले, पनि

कोरोना तिमीलाई धन्यवाद छ ।

यो अप्रत्याशित परिस्थितिमा

‘कोरोना’ का ‘कारण’

मृत्युको ढँढियामा परिसकेका

सबै प्रिय मृतकहरुलाई सम्झी

मनमा,

समवेदनाको दियो बाली

उनीहरुको आत्माले शान्ति पाओस् भनी

हार्दिक श्रद्धाञ्जली चढाउँछु ।

एक मिनेट मौन धारण गर्दछु ।

कोरोना तिमीलाई धन्यवाद भन्दछु ।

जाबो एउटा ‘कोरोना भाईरस’ एकातिर

संसारका सारा मान्छेहरु अर्कातिर

युद्ध यस्तो पनि हुँदोरैछ

बिना बम, बारुद बिना बन्दुक पनि

यतिबेला ‘कोरोना भाईरस’

र मान्छेहरु बीचको युद्ध देखिरहेछु

WHO ले कोरोनाको ईपी सेन्टर इटाली मानिरहँदा

र प्रत्येक सेकेन्डमा खबरदारी गरिरहँदा

रातारात जब कोरोनाले

अमेरिका इपी सेन्टर बनाउँछ

अमेरिका अत्तालिँदै ट्वीट गर्छ

‘हामी चिनसँग ‘सँगसँगै’ मिलेर

कोरोना भाईरस विरुद्ध लड्नेछौं’

हो,

अबको युग भनेको ‘सँगसँगै हिड्ने युग हो’

मैले झुठको खेती गरेको पनि हुन सक्छु !

नपत्याए !

चिनको मुहारमा हेर्नु

नियालेर गम्भीरतापूर्वक

एकपटक !

त्यहाँ तिमीले देख्नेछौ

‘कोराना विरुद्ध’ ‘सँगसँगै लड्नुपर्छ’

यो पृथ्वीको ग्लोबमा तिमी र म मात्रै होइन,

‘हामी सबै सँगसँगै हिड्नुपर्छ’

कोरोना तिमीलाई धन्यवाद छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार