‘खुशी लुटिएरै पनि’ म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

  नयाँ बुलन्द  138 पटक हेरिएको

झापा : खुसी लुटिएरै पनि बाँच्दैछु गायक लेखु मुखिया (भोटे) को ‘खुशी लुटिएरै पनि’ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

निर्देशक हिकस राईको निर्देशनमा बनेको म्यूजिक भिडियोमा कलाकारहरु बियल राई, आशा लेप्चा र गौरव राईको अभिनय हेर्न सकिन्छ । छायाङ्कन तथा सम्पादन निर्देशक आफैले गरेका छन् ।

गीतकार सुकुमार बराइलीको शब्द रचना तथा बिष्णु अधिकारीको संगीत संयोजन रहेको सो गीत ओकल रेकर्डिङ स्टुडियो, अनामनगर काठमाडौंमा रेकर्ड गरिएको हो । इलामको फिक्कलमा छायाङ्कन गरिएको सो म्यूजिक भिडियो केटाले प्रेममा धोका पाएको कथामा आधारित रुहेको छ ।

प्रेममा धोका खाएर पनि जीवन संघर्षबाट विमुख हुनु हुदैन भन्ने सन्देश दिन खोजिएको छ । खुशी लुटिएरै पनि बाँच्दैछु भत्किएको मन फेरी जोड्दैछु । निर्देशक हिकस राईले इलामबाट संचालन गर्दै आएको युटुव च्यानल HKR present मा सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार