नयाँ वर्षमा मेलिना राई इलामको सिध्दिथुम्का आउने

इलाम : नेपाली सांगीतिक जगत की सर्वाधिक चर्चित गायिका मेलिना राई इलामकाे सुन्दर पर्यटकीय क्षेत्र सिध्दिथुम्का आउने भएकी छन् ।

नेपाल भ्रमण वर्ष २०२० लक्षित एवम् नयाँ वर्षकाे अवसर पारेर स्वागत गेट एवम् पार्क निर्माण सहयाेगार्थ बृहत् सांस्कृतिक कार्यक्रम आयाेजना गरिएकाे हाे ।

उक्त कार्यक्रममा मेलिना राई साथै प्रकास बस्नेत, साहिल तामाङ, सरिना अधिकारी, निर्मल दियाली लगायत स्थानीय कलाकारहरूकाे बेजाेड प्रस्तुतसँगै कार्यक्रमको उद्घाेषण सुमन ल्वागुनले गर्ने आयाेजकले बताएकाे छ ।

कार्यक्रम आगामी वैशाख १ गते नयाँ वर्षकाे दिन विहान १० बजे देखि श्री खान्द्रुङ माध्यामिक विद्यालयकाे प्राङगणमा हुने आयाेजक संस्था सिध्दिथुम्का सेवा समाजका अध्यक्ष चन्द्र पाख्रिनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार