समिर र मेलिनाको गितमा एलिसा र किरणको रोमान्स । भिडियो आउदै ।

  टीआर सेनेहाङ  248 पटक हेरिएको

 तेह्रथुम, १ फागुन

नेपाली सांगितिक आकाशमा आफ्नो छुट्टै पहिचान बनाएका गायक समिर सिंगक र गायिका मेलिना राईको आवाजमा रहेको ‘तिमी तर्केर तर्केर मार्यौ’ बोलको गितको म्यूजिक भिडियो बजारमा आउने भएको छ । सिंगक र राईको युगल आवाजमा केही महिना अघि रेकर्ड भएको गितको भिडियो छायाङकन कार्य सकिए संगै म्यूजिक भिडियो बजारमा आउने भएको हो ।

सांगितिक सफल जोडीको रुपमा निकै आशा गरिएका गायक/गायिका समिर र मेलिनाको स्वरमा रहेको ‘तिमी तर्केर तर्केर मार्यौ’ बोलको गितको भिडियोमा चर्चित कलाकार एसिला राई र किरण गुरुङले प्रमिल रोमान्स गरेका छन् । माया र प्रितीको भावलाई रोमाञ्चक तथा ठट्यौलो तबरले व्यक्त गरिएको यस गितको म्यूजिक भिडियोको केन्द्र लिम्बु निर्माता हुन् भने सान थापाले निर्देशन गरेका हुन् ।

गितकार डिपी खनालको शब्दमा शंकर थापाले संगित भरेको गितको भिडियो आगामी फागुन पहिलो हप्तासम्ममा सार्वजनिक गरिने गायक सिंगकले बताए । गितको भिडियो दर्शक र श्रोताको खास रोजाई बन्ने निर्माता केन्द्र लिम्बुको अपेक्षा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार