‘छुईया पकन्दी’ सार्वजनिक (भिडियो सहित)

  युद्धबहादुर बोहोरा
0 Shares

पाँचथर : लिम्बू भाषिक गजल रचनामा सक्रिय युवा भिम चेम्जोङको शब्दमा ‘छुईया पकन्दी चानु’ गितको म्युजिक भिडियो हाङअनलाइ टिभी मार्फत सार्बजनिक भएको छ ।

भाषिक गितसङ्गित द्वारा किराँत पहिचानलाई प्रबर्द्धन गर्ने उदेश्यले तयारी गरिएको भिडियो सुमन कुरुम्बाङ र सीता सिङ्गकको स्वर रहेको छ । संगीत आङ्खेवाको संगीत तथा निर्देशनमा तयार पारिएको यस भिडियोलाई नागिन धिमाल र तिर्थराज राइले छायाँकन गरेका छन् ।

किराँतीहरुको चाड चासोक तङ्नाममा आधारित उक्त भिडियो मौसम इम्बुङ(फुलन्देको बाउ) र कौशिला चोङ्बाङ्को अभिनय रहेको छ भने गायक सुमन कुरुम्बाङ्ले निर्माण गरेका हुन्। पाँचथर सदरमुकाम फिदिममाका विभिन्न सञ्चार मिडियामा आवद्ध रहेका फागुनन्द-५ निवासी चेम्जोङको यो पहिलो प्रस्तुति हो ।

आगामी दिनमा गित संगीतमा पनि निरन्तरता दिने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार