लघु चलचित्र ‘भ्यालेन्टाइन’ सार्वजनिक (भिडियो सहित)

  नयाँ बुलन्द
0 Shares

झापा : झापाको दमकबाट सञ्चालित मौलिक टि.भी युटुव च्यानलले आज एक कार्यक्रम गरी आफ्नै व्यानरबाट निर्माण भएको लघु चलचित्र ‘भ्यालेन्टाइन’ सार्वजनिक गरेको छ ।

दमकमा रहेको आफ्नै कायालर्यमा कार्यक्रम गरी निरन साम्पाङको लेखन/निर्देशन/छायाङ्कन तथा सम्पादन रहेको लघु चलचित्र सार्वजनिक गरेको हो ।

लघु चलचिमा संचारकर्मी देशराज नेम्बाङ र उदियमान गायिका कौशिला खेवाको मुख्य भुमिका रहेको छ ।यस लघु चचित्र मार्फत युवाहरुको अपरिपक्क पे्रम, वेरोजगार युवाहरुको पिडा र बैदेशिक रोजगारको समस्या लगायतका विषय उजागर गरी युवाहरुलाई स्वदेशमा नै श्रम गरी देश निमार्ण लाग्न प्रेरित गरेको छ ।

दमक झापामा रहेको धार्मिक स्थल साकेला थानमा छायाङ्कन गरिएको सो लघु चलचित्रमा कमल बुढाथोकी र दित्य राईको पाश्र्व संगीत रहेको छ ।

कार्यक्रममा बोल्दै निर्देशक निरन साम्पाङले आगामी दिनमा पनि यस्तै समसामयिक विषयमा सन्देशमुलक चलचित्र डकुमेन्ट्री निमार्ण गरी सामाजिक दायित्व निर्वाह गर्ने बताएका थिए । प्रिमियम सोमा संचारकर्मी तथा सामाजिक व्यक्तित्वहरुले चलचित्र सम्बन्धी प्रतिकृया प्रस्तुत गरेका थिए ।

मौलिक टिभीले यस अघि पनि तिब्बत राईको निर्देशन रहेको घरेलु हिंसा सम्बन्धी सचेतनामुलक वृत्तचित्र ‘आर्तनाद’ प्रस्तुत गरि सकेको छ ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार