‘मेरो मनको तरेलीमा’म्युजिक भिडियो सार्वजनिक

  युद्धबहादुर बोहोरा
0 Shares

इलाम : गायक चन्द्र श्रेष्ठको स्वर/संगीतमा ‘मेरो मनको तरेलीमा’ नामक म्युजिक भिडियो युटुबमा सार्वजनिक भएको छ।

गीतकार रोशन मेवाहांगको शब्द रचना रहेको यस गीतमा बियाल राई र प्रियंका माझी दिपक गौतम र धिरजको फ़िचरिङ्ग रहेको छ।
सन्तोष राना मगरले निर्देशन तथा सम्पादन गरेका छन्। मोफसलबाट निर्माण गरिएको यस भिडियोलाई बुढासुब्बा डिजिटलले भर्खरै युटुब मार्फत सार्बजनिक गरेको छ।

पाँचथर फाल्गुनन्द-५ निवासी तिलचन्द्र र मनमाया श्रेष्ठको कोखबाट जन्मिएका गायक श्रेष्ठले दुई दर्जन भन्दा बढी गीतहरुमा स्वर दिइसकेका छन् ।उनका ‘रमितै हेर्नु’, ‘फिदिम बसैमा’,‘मिलन चोकैमा’ जस्ता नेपाली लोक जुहारी तथा एकल गीतका एल्बमहरु गाँउघरमा चर्चित बनेका थिए। रेडियो नेपालबाट प्रसारण हुने ‘अनुरोध गीतको कार्यक्रममा’ चिठ्ठी लेखेर मनपरेको गीत अनुरोध गर्दै आफ्नो सांगीतिक यात्रालाई सुरुवात गरेका थिए ।

वि.स.२०५१ सालमा प्रवेसीका परिक्षा उर्तिण गरेपछि उनि काठमाडौँ तिर लागेका थिए। उनले १३ बर्षको उमेरमै ‘डाँडा पाखा बन अभागीलाई जता संझियो एक्लै एक्लो मन’ बोलको गीतलाई रेडियो नेपालमा पहिलो पटक रेकर्ड गराएका थिए । लिम्बूभाषाकोको समेत गीत रेकर्ड गराएका उनी हाल वैदेशिक रोजगारीमा छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार