स्वर्ण महोत्सव : रचना वाचन तथा अन्तर मावि एकल नृत्य प्रतियोगिता

  चेतन आङथुपो
0 Shares

चुलाचुली : इलामको चुलाचुली गाउँपालिका २ स्थित जनता माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको दोस्रो दिन  स्वर्ण रचना वाचन तथा अन्तर मावि एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

कार्यक्रम नेपाल  प्रज्ञा परिषद सदस्य डास् देवि  नेपालको प्रमुख अतिथ्यतामा सिर्जना वाचन र अन्तर मावि नृत्य प्रतियोगिता  भव्यरूपमा सम्पन्न भएको थियो  ।  कार्यक्रममा १८ जना बढि कविहरूले कविता, गजल, मुक्तक बाचन गरेका थlए । अन्तर मावि एकल नृत्य प्रतियोगितामा चुलाचुली वडा नम्बर ३, ५ र १ का मावि क्रमशः जनता मावि बाह्रगोठेका मन्सु देवान प्रथम, भानु मावि बुकुवाकी जेनी बस्नेत द्वितिय र जनता मावि कमलकी शुसिला राई तृतीया भइन् ।

कार्यक्रममा पुर्वका ख्यातिप्राप्त कविदेखि उदयमान कविहरूको उपस्थितिमा थियो । कार्यक्रममा समालोचक तथा कवि मुनाराज शेर्मा, अभागी थेगुवा, विष्णु न्यौपाने, भुपेन्द्र तिम्सिना, देवान किराती,राजकुमार सुब्बा, टीका आत्रेय, लिला लेकाली, कमल मिश्र, विराट किराँती, कृष्ण उदासी, जितेन साङपाङ, एकु घिमिरे, डिल्लीराम परदेशी, पुष्प घिमिरे, रोहित पराई, एनवि दाहाल, मौसम साङपाङ र दमक प्रज्ञाप्रतिष्ठानका अध्यक्ष हेम अधिकारी, कमल साहित्य प्रतिष्ठानका अध्यक्ष अग्नि कोइराला, टीका भट्टराई लगायत कविहरूको उपस्थित रहेको थियो ।

कार्यक्रमलाई सव्यभव्य वनाउन उपस्थित भएको कविहरूलाई विद्यालय व्यवस्थापक अध्यक्ष मोहन देवान, प्रमुख अतिथि डास् देवि नेपालद्वारा मायाको चिनो प्रदान गरिएको थियो ।

स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा पूर्व सभामुख एवम् इलाम क्षेत्र नम्बर २ का सांसद सुवासचन्द्र नेम्वाङले स्वर्णमहोत्सवको उद्घाटन गरेका थिए । स्वर्णमहोत्सव पुस २६ गते सम्पन्न हुने विद्यालय प्रधानाध्यापक लक्ष्मीश्वर वनवरियाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार