गजल

  सी.एम ढुङ्गेल
0 Shares

सी.एम. ढुङ्‍गेल
पिरतीको फुलको वास्ना हर-हर  हुनुपर्छ ।।
माया गर्ने मान्छे प्रत्येक  घर-घर हुनुपर्छ ।।
जब बुझ्छ एक मनको कुरा अर्को मनले..
आकशबाट चिसो पानी झर-झर हुनुपर्छ ।।
सुन्छु हल्ला धोका पाउँदा मुटु चिरिन्छ रे..
भए त्यस्तो त मेरो मुटु चर-चर हुनुपर्छ ।।
भन्छ्न मलाई एतान्तमा रुन्छ्स सधै भरी..
सधै रुने भए मेरा आशु बर-बर हुनुपर्छ ।।
तनाब नले छिटै मर्लास भन्छ्न साथीभाई.
साच्चै मर्ने भए देब्रे आँखा फर-फर हुनुपर्छ ।।
बुद्धशान्ति गाउँपालिका ६ शान्तिनगर (ठुटेबर) झापा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार