देब्स राईको स्वरमा ‘आमा’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

  युद्धबहादुर बोहोरा 
0 Shares

इलाम : नेपाली सुगम संगीतमा भर्खरै पाइला चाल्दै गरेका गायक देब्स राईको स्वरमा ‘आमा’ बोलको गीत युट्युब मार्फत भर्खरै सार्वजनिक भएको छ ।

एसएसओजी अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको  गीत  प्रमोद चाम्लिङ्गको रचना तथा गायक/संगीतकार चन्द्र श्रेष्ठले संगीत भरेका छन् ।

राजु कार्कीको संयोजन चर्चित कलाकार उमेश राई (फुलान्देको आमा), रश्मि भट्ट, नरेश फागो लगायतले अभिनय गरेको म्युजिक भिडियोलाई निर्देशक द्वय सूर्यप्रकाश चेम्जोङ्ग र दिनेश माङ्ग्मुले निर्देशन गरेका हुन् । इन्दु लावतीले उत्पादन गरेको यस भिडियोलाई अनुप न्यौपानेले छाँयांकन साथै प्रकाश एसकेले सम्पादन गरेका छन् ।

इलामको चुलाचुली गाउँपालिका घर भइ हाल वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबियामा कार्यरत राईले गोधुली साँझ र बीच बाटोमा नामक गीतमा स्वर दिइसकेका छन् । मेलिना राईको साथमा चाँडै अर्को गीत निकाल्ने तयारीमा रहेको यस म्युजिक भिडियोका संगीतकार श्रेष्ठले जानकारी दिए ।

पाँचथर फाल्गुनन्दमा जन्मिएका श्रेष्ठ सानै उमेर देखि गीत संगीतमा चासो राख्दै आएका उनले पछिल्लो समय दर्जनौं गीतहरुमा संगीत गरेका छन्।नयाँ तथा पुराना चर्चित गायक देब्स राई, रेवत राई, गायिका मेलिना राई, सुनिता थेगिम समेतले उनको संगीतमा गीत गाइसकेका  छन् ।

लामो समय देखि अफगानिस्तानमा रहेका उनी जीवन भोगाइका आरोह अवरोहलाई चित्रण गर्दै सृजनाहरु विभिन्न मध्यमबाट स्रोत सामु पस्किरहेका छन् ।

आजभोलि उनलाई गीत गाउने समयको अभावका कारण  आफ्ना स्वरका गीत पस्कन नसके तापनि संगीतमा व्यस्त रहेको बताउँछन् ।

हिमाल झैँ माया, गोधुली साँझको, आइलभ यु, आमा, पकंदी खेल्दै, देउराली पाखैमा आदि उनका गीतहरु निकै चर्चित छन् ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार