साहित्यिक पत्रकार संघमा लम्जेल

  नयाँ बुलन्द  47 पटक हेरिएको


धरान :  प्रदेश नम्बर १ को साहित्यिक पत्रीका संघमा गुफाथुम्किको गर्जनत्रैमासिक पत्रीकाका सम्पादक लम्जेल संघर्षशिल अध्यक्षमा चयन गरिएको छ ।

धरानको वेलकम होटलमा शुक्रवार सम्पन्न भएको भेलाको अध्यक्ष सहित १५ सदस्यीय प्रदेश १ समिति गठन गरिएको छ। उपाध्यक्ष श्रीशिशा राई वागियान द्धैमासिक साहित्यिक पत्रिका–सम्पादक प्रकाशक इटहरी, उपाध्यक्ष रेखा सुवेदी (निगुरो त्रैमासिक साहित्यि पत्रिका–सम्पादक वेलवारी, मोरङ), सचिव उमेशचन्द्र दाहाल(चेतना सन्देश त्रैमासिक साहित्यिक पत्रिका–सह–सम्पादक, मोरङ), सह–सचिव मधु केरुङ ( शब्द साँघु त्रैमासिक साहित्यिक पत्रिका –सम्पादक पाँचथर) र कोषाध्यक्ष केशवकुमार सुनाम (श्रृङखला मासिक–सम्वाददाता सुनसरी) रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा सीता राई(टेम्के तुवाचुङ त्रैमासिक साहित्यिक पत्रिका–सम्पादक, खोटाङ), लक्ष्मीप्रसाद पराजुली(संगम अभियान मासिक साहित्यिक पत्रिका–उपसम्पादक,मोरङ), राज दिलान्जली(सेहोनामलाङ द्धैमासिक साहित्यिक  पत्रिका–सम्पादक, पाँचथर), यशोदाकुमारी पोखरेल भट्टराई( लोकमञ्जरी त्रैमासिक साहित्यिक पत्रिका–सम्पादक, उदयपुर), जमुना श्रेष्ठ (गुफाथुम्की गर्जन त्रैमासिक पत्रिका–प्रधान सम्पादक, सुनसरी) रहेका छन् ।१५ सदस्यीय सो समितिमा ४ सदस्यीय बैठकले मनोनयन गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी भेलाले सल्लाहाकार समिति समेत चयन गरेको छ । जसमा राममणि पोखरेल(लोक मञ्जरी सम्पादक, उदयपुर), शशीप्रसाद बजगाई (साहित्य सौगात सम्पादक, सुनसरी), गंगा सुवेदी (चेतना सन्देश प्रधान सम्पादक, मोरङ), माधव पोखरेल (नवसिर्जना–सम्पादक, उदयपुर), गायत्रीप्रसाद चापागाई (संगम अभियान मासिक–प्रधान सम्पादक, मोरङ) रहेका छन् ।

कार्यक्रममा नेपाल साहित्यिक पत्रकार संघका केन्द्रीय सदस्यहरुमा गंगा सुवेदी, माधव पोखरेल, प्रेस नेपाल १ नं. प्रदेश अध्यक्ष फिफाराज बेघा, अग्रज साहित्यिक पत्रकार राममणि पोखरेल, शशीप्रसाद वजगाई, पत्रकार महेश श्रेष्ठ, प्रगतिशील लेखक सङ्घ १ नं. प्रदेश उपाध्यक्ष डा. खेमराज खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यसैगरी कार्यक्रममा लता कार्की, अज्ञात मान्छे, कुमार प्रधान, लक्ष्मीप्रसाद पराजुली, बालकुमारी गुरुङ, शिवकुमार राई, गणेशकुमारी राई र एकराज थापा लगायतले कविता वाचन गरेका थिए । पत्रिका प्रधान सम्पादक जमुना श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम सम्पादक/प्रकाशक लम्जेल सङ्घर्षशीलले सञ्चालन गरेका थिए ।

कार्यक्रम प्रेस काउन्सिल नेपालका वोर्ड सदस्य समेत रहेका धमलाको प्रमुख आतिथ्यमा भएको हो ।उनले साहित्यिक पत्रपत्रिका टिकाउने सन्दर्भ दल्सीन ढुंगा चपाएर सातु बनाउन’ जस्तै कठिन भएको चेननाथ धमलाले बताएका छन् । प्रमुख अतिथिको आसनवाट सम्वोधन गर्दै भारतको सिंगो नक्सामा हाम्रो भुमि राखेर हाम्रो राष्ट्रियतामाथि गम्भीर धावा बोलेको बताए । नेपाल साहित्यिक पत्रकार संघ १ नं. प्रदेश समितिको भेला समेत रहेको सो कार्यक्रममा प्रमुख अतिथि रहेका धमलाले राष्ट्रियताको सवालमा सबै साहित्यिक पत्रकारहरु समेत एकजुट भएर लाग्नुपर्ने बेला आएको बताए । उनले प्रदेश नं. १ ले तराईका तीन जिल्लालाई मात्र जुरुक्क बोकेको बताउँदै हिमाल, पहाड, तराईको भावना समेट्न नसकेको बताए ।

धरानवाट प्रकाशित हुने गुफाथुम्कि गर्जन त्रैमासिक साहित्यिक पत्रिकाको आयोजनामा कार्तिक २२ गते भएको सो कार्यक्रममा विशेष अतिथि रहेकी नेपाल पत्रकार महासंघ प्रदेश नं. १  उपाध्यक्ष स्मिता निरौलाले राज्यले पत्रकारितालाई चौथो अंग भनेपनि अहिलेसम्म प्रतिपक्षकै भुमिकामा राखेको बताइन ।प्रेसलाई अघि वढाउन अहिलेको सन्दर्भमा समेत निकै जटिल भएको बताउँदै पत्रकार नभए सबै अँध्यारो हुने सरकारले बुझेरपनि चौथो अंगलाई सही दृष्टिकोणले हेर्न नसकेको बताइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार