नोभेम्बर ९ मा गेजिङमा “थेत्लङ” प्रदर्शन हुँदै

काठमाडौं : भारत सिक्किमबाट पहिलोपटक निर्माण भएको लिम्बू कथानक चलचित्र “थेत्लङ”को सिक्किमस्थित गेजिङमा नोभेम्बर ९ मा सिक्किमको अन्तिमपटक प्रदर्शन हुने भएको छ ।

यसअघि सिक्किमको गान्तोक,सोरेङ,यक्सुम,हिगाउँ लगाय विभिन्न ठाउँहरुमा प्रदर्शन भइसकेको छ । युनिभर्सिटीको ग्रेजुएशन लेभलमा अध्यापन भइरहेको उपन्यास थेत्लङ देउमान लिम्बू ‘होन्दोक’ ले लेखेका हुन् ।

उक्त उपन्यासलाइ वरिष्ठ चलचित्र निर्देशक तथा लेखक सागर केरुङले पटकथा/संवाद गरेका छन ।

सिक्किमको मार्ताम, हिगाउँ, केङबारी, बन्दुके, उत्तरे, हियुमाङ, थेगु, गेजिङ, यक्सुम, दाराप लगायतका ठाउँमा छायांकन भएको चलचित्रमा दिब्या सुब्बा, बिशाल सेनेहाङ, संगीता सम्बाहाम्फे, सर्मिला यक्सो, मुनाहाङ लिम्बू, सान्ती सुब्बा, हस्त लिबाङ, देउमान केरुङ, मणिराज लिम्बू, येहाङ लिम्बू, लिला तुम्बापो, सन्जय ताम्लिङ, सनमायाँ लिम्बू, सुकबीर ताम्लिङ लगायतले अभिनय गरेका छन् ।

साथै मनु नेम्बाङ, यादन सेर्मा, सिता सिंगक, गंगा फियाक, मणि ताम्लिङ, रामदुखी आङ्देम्बे, मिजिरा सम्बाहाम्फे र बालकृष्ण वनेमको स्वर रहेको छ । सागर केरुङ, दिलसिङ र यादन सेर्माको शब्द रहेको गीतहरु कुल्बा सुब्बा, राजु आङ्देम्बे, मणि ताम्लिङ र पबिन आङ्देम्बेले संगीत गरेका छन् ।

सिक्किममा बसोबास गर्ने लिम्बू जातिको जीवनशैलीमा आधारित कथा रहेको चलचित्रमा नृत्यनिर्देशन दिनेश माङ्मु, क्यामेरामेन सुमन योन्जन, सम्पदन किरण केसिको रहेको छ भने उक्त चलचित्र किशोर सुब्बाले निर्देशन गरेका हुन भने बिराज लिम्बू र मणि ताम्लिङ्ले निर्माण गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार