गुफाथुम्कीको कविता र लघु कथा विमर्श

  नयाँ बुलन्द  60 पटक हेरिएको

धरान : धरानबाट प्रकाशन हुने साहित्यिक पत्रीका गुफाथुम्कि गर्जनले नेपाल सम्बत ११४० नयाँ वर्षको अवसर कविता तथा लघुकथा बिमर्श कार्यक्रम गरेको छ ।

प्रबोध साप्ताहिक पत्रीकाका प्रकाशक सम्पादक समेत रहेका लम्जेल संघर्षशिल र जमुना श्रेष्ठ द्वारा कार्यक्रम आयोजना गरेका हुन ।

शनिबार होटेल वेलकमको सभा हलमा पाँच जना सर्जकको कविता र लघुकथा वाचनगरि बिज्ञहरुले छलफल टिप्पणी गरेको हो ।

विमर्श कार्यक्रममा इटहरीका लता कार्किले कामरेड झुमा, बयान, धुवाँ, रातो धर्ती सहित पाँच वटा कविता वाचन गरेकी थिएन । उनको कवितामा प्राध्यापक डा. भिम खतिवडाले टिप्पणी गरेका थिए ।

अर्का सर्जक थिइन गणेकुमारी राई । उनले नयाँ वर्ष, महिला तिमी, मन बिचलित हुँदा, हिमाल झै बाँच्न चाहने मान्छे शिर्षकमा कविता वाचन गरेकी थिइन । उनको कवितामा कवि बम देवानले टिप्पणी गरेका थिए ।कार्यक्रममा लघु कथाकार शंकर सुनुवारले पाँचवटा लघु लथा सुनाएका थिए । सुनुवारले वर्गिय भगवान, मेरो देश, जुनकीरी, अंन्धबिश्वास लगायतका लघुकथा सुनाए । उनको लघु कथामा डा. खेम शर्माले टिप्पणी गरेका थिए ।

भोजपुरका हर्कराज चर्मकारले पनि पाँच वटा कविता वाचन गरेका थिए । उनले आशाको दियो बन्दैछ, मेरि उनी, बिदेशको ब्यथा, मेरो भोजपुर, समानता, कहाँ छ शिर्षकमा कविता वाचन गरेका थिए । उनको कवितामा प्राध्यापक डा. भोलानाथ पोखरेलले टिप्पणी गरेका थिए । पाँच कविता सुनाउने क्रममा निमा पोङ्स्युवाका पनि पाँच कविता वाचन गरिएका थिए । आउदैछ है,,,,मेरो देशको बेदना, म पो जातिबादी, काले काले मिलेर खाओ भाले र हास्ने नेपाली शिर्षक कविता वाचन गरेका थिए। उक्त कवितामा प्राध्यापक हरिप्रसाद दाहालले टिप्पणी गरेका थिए ।

कार्यक्रममा कमल चेम्जोङले गजल वाचन गरेका थिए ।प्रफुल्ल भन्डारिले महिला र पुरुषको स्वरमा तिहार सम्बन्धि गीत प्रस्तुत गरेका थिए ।नेपाल सम्बत बारे नेवा देय दबु धरानका नगर अध्यक्ष मनोहर शाक्यले प्रकाश पारेका थिए ।

कार्यक्रम प्राध्यापक डा. टंक न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । डा. न्यौपानेले लेख्दैमा सबै कविता नहुने बताए । शब्द कविता भएकोले कवितामा भव र नयाँपन हुनुपर्ने बताए । न्यौपानेले समसामयिक बिषयबारे बोल्दै नेपालमा भाषण र आन्दोलन धेरै भएकोले समयको सदुपयोग गर्नुपर्ने बताए ।

धरानमा उपचुनाबको प्रसंग कोट्याउदै केही राजनीतिक दलले बहिष्कार गरेको बताए । भ्रष्टाचार युक्त रहेको भन्दै बहिष्कार गर्नुभन्दा कम भ्रष्टाचार गर्नेलाई चुनेर पठानुपर्ने होकि भन्ने सुझाव दिए । आफुले यसपटक चुनावमा मतदान गर्ने या नगर्ने त्यो पनि अहिले नै भन्न नसक्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार