चलचित्र ‘घरजम’ धरानमा प्रर्दशन हुँदै

सुनसरी : मौलिक नेपाली कथानक चलचित्र ‘घरजम’ सुनसरीको धरमनमा विशेष प्रर्दशन हुने भएको छ । मौसम ईम्बुङद्धारा निर्देशित चलचित्र ‘घरजम’ कात्तिक ९ गते धरान स्थित कृष्ण टाकिजमा प्रर्दशन हुने भएको हो ।

बिहिबार धरानमा पत्रकार सम्मेलन गर्दै चलचित्र युनिटले धरानमा विशेष प्रर्दशन गरिने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक मौसम इम्बुङले ‘घरजम’मा नेपाली कथालाई नेपाली शैलीमै प्रस्तुत गरिएकाले दर्शकले मनपराउने दावी गरे। नेपाली दर्शकले चलचित्रमा आफ्नोपन खोजिरहेको अवस्थामा निर्माण गरिएको ‘घरजम’ले दर्शकको चाहना पुरा गर्ने उनको भनाइ रहेको छ । क्यारेक्टरलाई आधार मानेर बनाइएका चलचित्रहरुले ‘नेपाली चलचित्र यस्तो हुनुपर्छ’ मन्ने मानक स्थापित गर्न खोजिरहेको बेला ‘घरजम’ले एउटा इटा थप्ने काम गरेको निर्देशक इम्बुङको दावी रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्माता तथा कलाकार सीताकुमारी तुम्बापोले आफ्नो देश, भाषा, संस्कार–संस्कृति र परम्परासँग स्वदेश तथा विदेशमा रहेको सन्ततीलाई परिचित गराउँन कला क्षेत्र सबैभन्दा प्रभावकारी माध्यम रहेकाले चलचित्र निर्माण गरिएको बताइन्।

चलचित्र ‘घरजम’ देशभरका मल्टिप्लेक्स तथा सिङ्गल थिएटर गरी ८० भन्दाबढि चलचित्र हलमा प्रर्दशन गर्ने लक्ष रहेको विशेष प्रर्दशन समितिका संयोजक शैलेन्द्र थेवेले जानकारी दिए । चलचित्र ‘घरजम’लाई ‘घुम्ती’ शैलीमा समेत प्रर्दशन गर्ने योजना रहेको बताइएको छ ।

घरजम युनिटले विशेष प्रर्दशनीपछि स्थानीय स्तरमा पत्रकार, वुद्धिजिवी, साहित्यकार, समिक्षक तथा सरोकारवाला पक्षसँग चलचित्रबारे समिक्षात्मक कार्यक्रम समेत गर्ने बताएको छ । चलचित्र मनोरन्जनको माध्यममात्र नभएर समग्रह समाजलाई नै प्रतिविम्वित गर्ने भएकाले चलचित्रबारे समिक्षा आवश्यक रहेको बताइएको चलचित्रका संचाल सल्लाहकार मिलन लिम्बूले बताए ।

झापाको दमक र विर्तामोडमा ‘घरजम’को विशेष प्रर्दशनी सम्पन्न भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । दमक र विर्तामोडमा दर्शकले मनपाएको ‘घरजम’ धरानका दर्शकले समेत मनपराउनेमा आशावादी रहेको निर्माण पक्षले बताएको छ

करिब ८० लाखको लगानिमा बनेको चलचित्रको निर्माता किशोरकुमार लिम्बु र सीताकुमारी तुम्वापो हुन भने सह–निर्माताको रुपमा तेज मेन्याङबो रहनु भएको छ । चलचित्रमा, बुद्धी तामाङ, सृजना सुब्बा, यासेली योङहाङ, रवी शेर्मा, कुशल थलङ, शुष्मा सुब्बा लगायत कलाकारको अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार