आखिर जीन्दगी शुन्य (कविता)

  गोपेन्द्रप्रसाद रिजाल
0 Shares

गोपेन्द्रप्रसाद रिजाल

दिनहरु ढल्दै जान्छन्

हातपाउ गल्दै जान्छन्,

जिन्दगी त बग्न खोज्छ नै

तर अहँ,

साविकको काम र दाममा

विक्री भएको टाउको

आफ्नु त हुन सकेन नै

भयो सधैँ उसकै बाउको

 

न त शिरोमणिको शीर

न त श्राध्दको खीर

घर समाज र देशभन्दा बढी

सधैँ सधैँ रित्तो गोजिको पीर ।

 

आखिर जिन्दगी

पेटको ग्वाला हो,

माटोको प्याला हो

चिताको ज्वाला हो

माटो हो

खरानी हो

हावा हो

अनि,

शुन्यमै बिलाउने

महाशून्य हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार