लिम्बू भाषाको गीती संगालो “सेप्माङ्” को म्युजिक भिडियो छायांकन सकियो

पाँचथर : लिम्बू भाषाको गीती संगालो “सेप्माङ्” को गीतहरूको म्युजिक भिडियोको छायांकन सकिएको छ ।

सोमबार सम्पन्न भिडियोमा कलाकारहरु दिप केरुङ, बिक्रम योङ्हाङ, जीवन वायुङ, लक्ष्मी योङ्हाङ, बिकेन काम्बाङ, बिमला खजुम, प्रवेश कुरुम्बाङ, सन्ध्या पन्धाक, मनुसा योङ्हाङ (केन्जल), बजिन लावती, खेसेहाङ लोवा, आशिष लावती, शेरबहादुर केरुङ, निर्मला यवा, सुस्मा केरुङ, सागर केरुङ, मिलन केरुङ, अमृतप्रसाद यवा लगायतले अभिनय गरेका छन्

पाँचथरको सिलौटी, लब्रेकुटी, जोरपोखरी, चतुरे लगायत ऐतिहासिक, रमणीय, पर्यटकिय स्थलमा सम्पन्न गीतको निर्देशक/क्यामरामा इशाक जबेगू, संगीत/लय संकलन यादन सेर्मा, शब्द साम्जिरी सेर्मा, श्यामबहादुर सेर्मा, स्वर यादन सेर्मा र सिता सिङघक, भेषभुषा द हाइल्यान्ड आर्ट/फेसन सिक्वाइन्स हाउस र निर्मातामा बिक्रम योङ्हाङ रहेका छन् ।

उक्त भिडियोहरु आगामी तिहार लगतै रिलिज गर्ने निर्देशक जबेगुले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार