केशव राईको तेस्रो एल्बम ‘हितैको माया’ सार्वजनिक

काठमाडौं : गायक तथा संगीतकार केशव राईको तेस्रो एल्बम ‘हितैको माया’ सार्वजनिक भएको छ ।

राजधानीमा एक कार्यक्रमका बीच गीतकार शुभ मुकारुङ, आख्यानकार राजन मुकारुङ, गीतकार जीवन मुकारुङ, टीका चाम्लिङ, गायक उमेश राई, कवि शशी लुमुम्बु र चन्द्र रानोहछाँले संयुक्त रुपमा विमोचन गरे ।

कार्यक्रममा बोल्दै शुभ मुकारुङले प्रवासमा रहेका नेपालीको नेपाली संगीतमा ९० प्रतिशत योगदान रहेको बताउँदै भने, ‘उहाँको संगीतप्रतिको निरन्तर सक्रियता सह्राहनीय रहेको छ ।’ त्यस्तै आख्यानकार राजन मुकारुङले भने, ‘केशव राई गीत संगीतमार्फत स्थानीय लोक लयलाई मजाले टिपेका छन् । उनको गीतहरुमा पूर्वीय लोक लयको स्थनिक सौन्दर्य पाइनछ ।’

साथै गायक उमेश राईले भने, ‘उहाँका लोक भाकामा ठाउँ-ठाउँको माटोको सुगन्ध भेटिन्छ ।’ विगत डेढ दशकदेखि मकाउमा बस्दै आएका केशव राई दुई दशकदेखि नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय छन् । यसअघि उनको ‘अजम्बरी फूल’ र ‘जुत्ता चाइनाको’ एल्बम सार्वजनिक भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार