याक्थुङ लेख संघ पाँचथर अध्यक्षमा राज दिलाञ्‍जली

पाँचथर : पाँचथरमा याक्थुङ लेखक संघको जिल्ला कार्यसमिति गठन भएको छ ।

विहीबार फिदिमको फाल्गुनन्द चोक चुम्लुङ्हिममा सम्पन्न पाँचथरे लेखकहरुको भेलाले राज दिलाञ्जलीको अध्यक्षतामा याक्थुङ लेखक संघको जिल्ला समिति गठन भएको हो ।

समितिका उपाध्यक्षमा सुरेन शिशिर केरुङ र पदम दुखी सम्बाहाम्फे, सचिवमा लोवा निशा लिरिङ्देन, सहसचिवमा माङ्युङ र कोषाध्यक्षमा नुनाम सुबास केरुङ चयन भएका छन् । 

सदस्यहरुमा एल.बि.नेम्बाङ, हरिराज लोवा, लाल अञ्जान सम्बाहाम्फे, मञ्जु तुम्बापो, उदय अपेक्षा, क्षितिज बिरही, केशर माङ्युङ, बिक्रम केरुङ, श्याम तुफान, बजिन लावती, राजकुमार पन्धाक, डिल्लिहाङ नेम्बाङ, हेमराज नेम्बाङ,  समिर पारखी, शंकर आत्मा, सुनिता जबेगु  र दिपक नेम्बाङ चयन भएका छन् ।

सल्लाहकारहरुमा श्रीप्रसाद जबेगु, राजेन्द्रकुमार जबेगु, नरेन्द्रकुमार केरुङ, दिलेन्द्र कुरुम्बाङ, हरिचन्द्र लावती, मलिसा याक्थुङ, बिरेन्द्र तुम्बापो ‘प्रतिक’,  नरेन्द्रराज केरुङ, भवानी तावा, सिता सेलिङ  र तिलबिक्रम नेम्बाङ चयन भएका छन् ।

कार्यक्रममा याक्थुङ लेखक संघका केन्द्रीय उपमहासचिव मधु केरुङ, सचिवालय सदस्य मंगल बेघा र सदस्यहरु चन्द्र योङ्या, सागर केरुङ र सन्देश सुब्बाको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार