
मुस्कुराउनलाई कुनै कारण खाेजिरहने म
मुस्कुराउनलाई कुनै वाहाना गरिरहने म
आज,
अनायसै मनमनै खुब मुस्कुराइरहेकाे छु
आखिर,
यसरि मुस्कुराउनुकाे कारण तिमी नै त हाै ।
तिमिलाई थाहा छ या छैन ?
म भित्रकाे,
प्रेमकाे समुन्द्र भरिएर,
पाेखिएर छ..छल्किदै…छ..छल्किदै
तिम्राे मुटुसम्म पुगेर छाल बनि स्पर्ष गरेकाे
कुरा महसुस गर्छाै या गर्दिनाैं ?
मेराे हृदयबाट चुपचाप चुपचाप मिठाे धुनमा
निस्किएकाे आघात प्रेमकाे ध्वनि
अनुभूति गर्छाै या गर्दैनाैं ?
एस्तै एस्तै केही थान किस्साहरु बन्छन्
हाम्राे प्रेमकाे कहानीमा
आ ! कति लुकाउनु है
मन भित्र थुनिएका व्यग्र इच्छाहरु
बरु खाेलि दिन्छु
भावनाका ताल्चाहरु
सेक्खासाङ !
मैले एस्ताे प्रेमिल यात्रा गर्ने निधाे गरे
जस्तै कि
प्रेमकाे बाटाेमा
एक असल सहयात्री बन्ने
जस्तै कि
काेरिएकाे अन्तिम निशानाकाे धर्का
सम्म म कहिले नपुग्ने छु ।
जस्तै कि
बाटाेकाे अन्तिम खुड्किला
म कहिले नटेक्ने छु ।
जस्तै कि
याे नटुङ्गिने यात्रा पनि हुन सक्छ
अन्तिममा तिम्लाई एउटा कुरा भन्नै छ
तिम्रा हात समाइ जीवन हिड्नै छ
मुस्कुराउनलाई कुनै कारण खाेजिरहने म
मुस्कुराउनलाई कुनै वाहाना गरि रहने म
आज,
अनायसै मनमनै खुब मुस्कुराइरहेकाे छु
आखिर,
यसरि मुस्कुराउनुकाे
कारण तिमी नै त हाै ।


















































