आचार्य प्रभाको गीतिसंग्रह ‘मायाको नाकाबन्दी’ लोकार्पण

  सीता तुम्खेवा
0 Shares

काठमाडौं : साहित्यकार आचार्य प्रभाको गीतिसंग्रह ‘मायाको नाकाबन्दी’ शनिवार कमलादीस्थीत नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण भएको छ । वरिष्ठ गीतकार रत्नशमसेर थापा, साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश सायमी, गीतकार दिनेश अधिकारी, राजेन्द्र थापा, चुडामणि देवकोटाले गीत सङ्ग्रह विमोचन गरेका हुन् ।

लोकार्पण कार्यक्रममा बोल्दै गीतकार दिनेश अधिकारीले आचार्य प्रभासँगको सम्बन्ध पुरानो रहेको बताए । उनले लगभग एकदर्जन जति विधामा कलम चलाइसक्नुका साथै साहित्य, कला र गीतसंगीतसँग सम्बन्धित संघसंस्थाहरूमा आवद्द रहेको बताए । उनको सृजनालाई नराम्रो भन्ने पक्षमा नरहेको तर गीतिसंग्रह पढेर आनन्द लिएको पनि बताए ।

संग्रहमाथि प्रकाश पार्दै साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश सायमीले अहिलेको सरकारले पुस्तकमा समेत नाकाबन्दी गरेको अवस्थामा आचार्य प्रभाको संग्रह प्रेमको नकाबन्दि आउनु समय सान्दर्भिक रहेको बताएका छन् । ‘नेपाली गीतकारहरूमा महिलाको संख्या न्यून हुँदै गइरहेको छ, राम्रा गीतकारहरूको नाम हराउदै गएको छ, हराएको भीडमा पनि वहाँले लेखिरहनुभएको छ । वहाँले लेख्न थाल्नुभएको ३४ सालदेखि हो । म्युजिक ट्राकमा गीत लेख्न सक्नु वहाँको अर्को क्षमता हो । यस्तो क्षमता कलिउडका गीतकारहरूसँग हुन्छ’, उनले थपे ।

गीतकार राजेन्द्र थापाले ‘मायाको नाकाबन्दी’ सम्बन्धमा लेखेको भूमिका पढेर सुनाउदै गीत स्रोतको लागि भएको र नयाँ पुस्ताले परम्परागत शैलीको गीत मन नपराउने बताए । संसारमा गीत नलेखिने तर फम्र्या्टिङ गरिने र गीतकारले फम्र्या्टिङ गीतकारले गर्ने पनि बताए । फूल, सागरजस्ता कुरा मात्रै आउने यो समयमा ‘प्रेमको नाकाबन्दी’ आउनु बद्लिएको समय सान्दर्भिक रहेको बताए ।

उक्त कार्यक्रमका प्रमुख अतिथि रत्न शमशेर थापाले भने –‘गीत साहित्यको अभिन्न अंग हो, गीतको आफ्नै वास्ना र सौन्दर्य हुन्छ, रूप हुन्छ । एउटा राम्रो गीत लेख्न धेरै गाह्रो पर्छ ।’ त्यस्तै गीत कहाँबाट सुरुवात भइ कहाँ पुगेर छताछुल्ल हुने पनि बताए । त्यस्तै साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा आख्यान विभाग प्रमुख माया ठकुरीले आफूलाई गीत लेख्न खासै नआउने तर प्रभाले लेख्नुभएको गीतहरूको भाव मनपरेको भन्दै एउटा गीत वाचन गरेर सुनाएकी थिइन् । आचार्यको संग्रहमा संग्रहित गीतहरूले सकरात्मक सन्देश दिने बताएकी थिइन् ।

कार्यक्रमका सभाध्यक्ष चुडामणि देवकोटाले ‘मायाको नाकाबन्दी’ सबैको मनमनमा बस्न सकोस् भन्दै आफ्नो व्यानरमा प्रकाशन गर्न पाउँदा खुसी लागेको बताए । उनले महिनामा झण्डै हजारवटा गीत रेकर्ड हुने तर कतिपय लगानी गीतकार आफैलै गर्नुपर्ने, रोयल्टी नपाउने वर्तमान अवस्था रहेको र उक्त कुरामा गीतकारहरू सजक रहनुपर्ने बताएका थिए । साथै प्रायः विदेशमा रहेकाहरूलाई देश दुख्ने र वहाँपनि विदेशमै रहँदै आउनुभएको हुँदा वहाँलाई पनि देश दुखेको पीडालाई यस गीति संग्रहमा पनि पाउन सकिने बताए ।

चार दशकदेखि साहित्य जगत योगदान र्पुयाउदै आइरहेकी प्रभाको यो तेस्रो कृति हो । यसअघि परदेशबाट (कवितासङ्ग्रह) र असह्य चीत्कार (गजलसङ्ग्रह) प्रकाशित छन् । आधा दर्जनजति साहित्यिक संस्थाहरुमा सक्रिय आचार्य प्रभाका तिम्रो पर्खाइमा, ड्रिम्स, ईश्वर बन्दना गीति एल्वम सार्वजनिक छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार