चोङ्बाङको प्रेम गजलमा वाह वाह र ताली !

  नयाँ बुलन्द  66 पटक हेरिएको

धरान : मोति जयन्तीको अवसर पारेर कालकुट साहित्य मन्चले आफ्नो पाक्षिक शृङ्खलामा युबा गजलकार कमल चोङ्बाङ एकल गजल प्रस्तुत गरिएका थिए ।

जब गजल प्रेमका शेरहरु आउथे श्रोताको गडगडाहट तालिले हल गुन्जायमान हुन्थे।
`अमृतरुपि जलको प्याला सम्हालेर राख,
छछल्केर पोखिजाला सम्हालेर राख।´

,,,,`हरेक क्षणमा नसा बनि मताउने यौवन,
साच्चै मेरि हुने वाला सम्हालेर राख।´
यसरी प्रेमका शेर बढिरँहदा युबाहरु जोशीएका देखिन्थे। सहाभागिले यस्ता शेरहरु वाचन गरिरहँदा कमल चोङ्बाङलाई आफ्नै कथा ब्यथा हो भनेर श्रोताले ठट्टा गरिरहेका हुन्थे।
`आकाश छट्पटाउदैछ उनी आएको देखेर होला,
घरी घरी जिस्काई रहन्छ लजाएको देखेर होला ।´

,,,,,,,,`पानी न हो धारा, खोला, पधेरी सबैतिर डुलिरहन्छ,´
लोभै लाग्दो मस्त यौबन फिजाएको देखेर होला।
यसरि यौन र यौबनको रस पस्किदा त सहभागी युबाहरु ताली बजाएर वाह वाह भनेर बुरुक बुरुक उफ्रिनै खोजेका थिए। क्रमिक रुपमा माया प्रीतिको रस सम्बन्ध,बिछोडका कथा पस्किदै गैरहेका थिए। माया प्रेममा शंकाको घेरा समेत पस्किदै गए।अन्धो प्रेममा काँडाको छलकपटको शंका कथानक चित्रित गर्दै गजलका शेर यसरी पस्किए,-
`मायालु छाती नै बिझाउने कस्तो अङ्गालो होला,
सायद हँसाई हँसाई बेरेर रोप्ने संगीन जालो होला।´
,,,,,,`एक जोडि एकान्तमा अँगालो मारेर बाझ्दै थिए,´
सायद अंगालो छुटेपछि अरु कुनै गोठालो होला।
यी शेर सुन्नासाथ त सहभागी युबाले फेरि दोहोर्‍याएर वाचन गर्न लगाए।

कार्यक्रम धरान छाता चोक स्थित क्याम्बृज ईन्स्टिच्युटको सभाहलमा भएको हो।गजलकार कमल चोङ्बाङ बिगत वर्षहरुदेखी फुटर गजल लेख्दै आएका हुन।तर उनले हालसम्म कुनै कृति भने प्रकाशन गरेको छैन। धनकुटा जिल्ला साँघुरीगढी वडा नम्बर छ निवासी चोङ्बाङ करिब डेढ वर्षदेखी धरान मै बस्दै आएका छन।गजलकार चोङ्बाङ याक्थुङ्बा कान्छाको उपनामले आफुलाई चिनाउछ्न।गजलाकर चोङ्बाङ याक्थुङ कान्छाको गजलमा माया प्रेमका रस मात्र थिएनन।पहिचा, अधिकार,जनताको पीडा,समेत पोखिएको थियो।

`जब मेरो आफ्नै देशमा पहिचान भएन,
तब मलाई नेपाली हुँ भन्ने भान भएन।´

`हो काँडाको बिउबाट फुल उमार्नु छ,
तर कसैबाट हौसला र सम्मान भएन।´

,,,,,,`म सच्चै साँघुरो ठाउँमा बसेको रहेछु,
हेर उहोस न बा’लाई राख्ने चिहान भएन।´
पहिचान नपाउदा बाउको चिहानसम्म राख्न नपाउनु यो पिडादायी बिडम्बना भएको देशमा वास्तवमा आफुलाई नेपाली हुँ भन्नेसम्मको भान नभएको शेरसम्म पस्किए।याक्थुन्बा कान्छाका गजलका शेरमा हालै भएका पहाडमा पहिरोको पीडा तराईमा डुबानको घटना समेत पोखिएका थिए।
`माथि पहाडमा पहिरो छ तल मधेसमा डुबान,
जवानहरुको भने बिनानस्थलबाट दैनिक रुपमा उडान छ।´
,,,,,,`मलाई आफ्नै छाती कुल्चिएर बोल्न मन लाग्यो,´
देश बचाउनको लागि पनि बिदेशिको अनुदान छ।
देश पिडामा भैरहँदा युबा आँखा चिम्लिएर बिदेशिनुपर्ने अर्को पीडा,पीडा माथी पीडा रहेको देश सर्वभौम सत्ता गुमाएर बिदेशिको अनुदानबाट चल्नुपरेको थप अर्को पिडाका शेर कमल चोङ्बाङ पोख्छन् ।

चोङ्बाङ आफ्ना शेरमा अधिकारका कुरा समेत पोख्छन् । हत्या ब्यभिचार भैरहँदा नोटले अधिकार खोसिकाए शेर समेत पस्किएका थिए।उनको शेरमा धरानको विवसता समेत पोखाए।
` कस्तो बिवस्ताको अभाव मेरो धरानमा,
भोग्नैपर्ने नैतिक दवाब मेरो धरानमा।´
,,,,,`घरमा आई बस न कान्छ भन्नुहुन्छ बाबा,
एउटा पाटो सखाप हुन्छ मेरो धरानमा ।´

भर्खरै गठन भएको कालकुट साहित्यक मन्चले छोटो समयमा राम्रो साहित्यक गरेको भन्दै धरान प्रज्ञा प्रतिष्ठानमा प्राग्य गोपाल देवानले मुक्त कन्ठले प्रसंसा गरे । धरानको साहित्यक माहोल बुझ्दै गरेको भन्दै धरानमा दुई खालको साहित्यक गतिविधि भैरहेको बताए।एउटा कालकुट जस्ता निरन्तर लागिरहने र अर्को वर्षमा एकपटक देखिने अरुबेला निदाएर बस्ने साहित्यक ब्यक्तिको नाममा खोलिएका संस्था जसमा लक्ष्मी सडकको कविता लक्षमी पुजाको दिन मात्र गरिने बताए। प्राज्ञ देवानले कालकुट साहित्यक मन्चलाई स्थानिय सरकार धरान उपनगरपालिकामा दर्ता गर्न पनि सुझाब दिए।साहित्यक कार्यक्रमलाई कुनै प्रायोजन नआउने गुनासो गरे।उनले आगामी दिनमा धरान प्रज्ञा प्रतिष्ठानले साहित्यक क्षेत्रमामा नै सहयोग गर्ने उद्देश्यले प्रस्ताव तथा कुरा राखेको बताए।

शनिवार भएको गजल कालकुटका सह संयोजक बालकुमारी गुरुङको अध्यक्षतामा भएको हो भने कार्यक्रमलाई साहित्यकार गोपाल प्रयासले सन्चालन गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार