कबिता : अम्लारि फूङसँग

  नयाँ बुलन्द
7 Shares

याम कोसिश 

त्यो अस्वस्थ एक रात
उनी सँग
गर्न थियो अथाह
सुधा वातहरू
जुन असिम मूल्यकार
जस्तै कि “भोकलाई भोजन अपहार्य”

म उनीको यादमा
त्यान्द्री लहरामा
त्यसैको काचो फूलहरूका मञ्चमा
रमाउदै थिए
जस्तै कि “भबिष्यका बालकहरुसँग”

बोल्नु पर्ने थियो
अम्लारि फूङसंग
खोल्नु पर्ने थियो
जिन्दगीका द्वारहरु
हो,
उनीसंग
बोल्नै पर्ने थियो
त्यो अस्वस्थ एक रात

तर येम् को भबिष्य कस्ले पो देख्छ र ?

निमोटि रहेको थियो अस्वस्थ रातलाई
अनकन्टार रातका अध्याराले
म थररर कापिं रहेथें
हेमन्त ऋतुका गहिरो शासहरु अन्तराल
उनीसँग वात गर्ने
ज्यादा लहडको छट्पट्टिमा

र उसै बखत म नराम्रो झस्किन्छु !

मेरो सेल्फ फोन अन् गरि
चार्ज कति % छ हेर्दा १ % हुन्छ

म अात्तिन्छु यो हेतु कि
उनीसँग बोल्नु छ
आज रात
उनीसँग भएको
आलो भाका खिच्नु छ
मुटुको क्यामाराले

सुन्नु छ कोकिलको सुमधुर वाणिहरु
त्यसैले त्यो अस्वस्थ रात

मेरो लागि
अति खास थियो


म सेल्फ फोन चार्ज गर्न बस्छु
एकाघार संकल्पका कोठाबिशे
क्रमश चार्जिङ १% हुँदै
२,३% पुग्दा करेन्ट गइदिन्छ ।

हो…उनीसँग धेरै वात गर्नु थ्यो !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार