केरुङ स्मृति पुरस्कार ओझालाई

  नयाँ बुलन्द
0 Shares

पाँचथर : शुक्रबार सातौं ऐतराज केरुङ गजल पुरस्कारद्वारा कवि तथा गजलकार प्रेम ओझा पुरस्कृत भएका छन ।

शुक्रबार फेदेनस्थित उधोगवाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रमविच प्रमुख अतिथि पुष्प अधिकारी अञ्जलीले वितरण गरेका थिए ।

पाँचथर गजल मञ्चले वार्षिक रुपले वितरण गर्दै आएको गजल पुरस्कार पाँचथर गजल मञ्चका संस्थापक अध्यक्ष मधुराज केरुङ, लेखक सागर केरुङ,श्रीमती बिष्णुमाया आङ्देम्बे,छोराहरु बिमल,बीरबल,सागर,मधु,र छोरीहरु निर्मला, गंगा,रोनि लगायत स–परिवारले आफ्ना दिवांगत पिताको स्मृतिमा उक्त पुरस्कारको स्थापना गरेका हुन् । पुरस्कारको राशि सम्मान–पत्र सहित पाँच हजार पाँच सय ५५ रुपैंयाँ रहेको छ ।

उक्त कार्यक्रम संगै १५४ औं मोतीजयन्तीको अवसरमा “नेपाली गजल लेखन : हिजो,आज भोली” बिमर्श र शब्द श्रृङ्खला–८ बिशेष गजल वाचन श्रृङ्खला समेत सम्पन्न भएको छ । बहसमा सह-प्राध्यापक लक्ष्मी ढुंगाना,कवि सगुन सुसारा र मधु केरुङ थिए भने राज दिलाञ्जलीले सहजीकरण गरेका थिए ।

गजल मेहेफिलमा तिर्थकुमारी वाइबा,राधा स्मृति,रेशन त्यागी,गजेन दासी,अनिल त्रीखत्री,नारायण तुम्बापो,गणेस साम्पाङ र बिनोद चौहान रहेका थिए । उक्त समातोहमा गजलकार धनपति कङगालको गजल कृति “कलमको युद्ध” समेत विमोचन भएको मञ्चका सचिव जुनु खतिवडाले बताइन् । पाँचथर गजल मञ्चका सचिव जुनु खतिवडाले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार