किड्स सुपर मोडेलको उपाधि युनालाई

  नयाँ बुलन्द
0 Shares

धरान : इम्पेरियल क्विन इभेन्ट्सले आयोजना गरेको किड्स ट्यालेन्ट प्रतिस्पर्धामा युना खापुङ प्रथम हुँदै नगद पचास हजार रुपैया ताज हात पारेका हुन् ।

भदौ ७ गते धरान सभागृहमा सम्पन्न भएको किड्स सुपर मोडेल २०१९ का बिजेता युना खापुङ्लाई भब्य स्वागत गरेको छ।सोही प्रतिस्पर्धामा युना खापुङले मिस ट्यालेन्ट,मिस फोटो जेनिक,बेस्ट हेयर समेतको उपाधी हात पारिन।धरान १५ निबासी समाजसेवी चन्द्र खापुङकी नातिनि तथा बुबा प्रतीककुमार खापुङ आमा रिता खापुङकी छोरी युना खापुङ धरान १५ स्थित चिल्ड्रेन एकेडेमिमा कक्षा ७ मा अध्ययनरत छिन।

युना खापुङले यस गरुमा डान्स सेन्टरद्वारा आयोजना गरिएको चिल्ड्रेन ट्यालेन्ट हन्टमा भाग लिई विभिन्न उपाधी हात पारिसकेकी छिन।चिल्ड्रेन ट्यालेन्ट हन्टमा बेस्ट क्याटवक,बेस्ट पर्सोनालिटी,बेस्ट भ्युअर चोइस र मिस फ्रेन्ड्सिपको उपाधी हात पारिसकेकी छिन।

बगरकोट्को एमएन बिबिक्युमा भएको स्वागत कार्यक्रम विभिन्न संघ सस्थाका ब्यक्तित्वहरुले स्वागत तथा बधाई दिएका थिए। बधाई दिनेहरुमा आदिवासी सरोकार समाजका अध्यक्ष सुजेन्द्र तानाङ,रास्ट्रीय आदिवासी जनजाति महिला महासंघ सुनसरी अध्यक्ष संगीता सुब्बा,समाजवादी नगर अध्यक्ष ताजुप लिम्बू,उपाध्यक्ष बिना पुमा राई,नेपाल आदिवासी जनजाति नगर महासंघ धरानका अध्यक्ष सुबास हुक्पाचोङ्बाङ,सचिब हेमराज जिमि,नेफिन सल्लाहकार तेन्जिङ शेर्पा,मगर संघका नगर अध्यक्ष चित्रराज थापामगर,लगायत इस्ट्मित्र ब्यापारी आफन्तजनकोले बधाई दिएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार