
इलाम : हाल दक्षिण कोरियामा रोजगारीका शिलसिलामा रहेका टीका थेगिमको शब्द रचनामा ‘घुम्नलाई जाउ इलाम’ नामक म्युजिक भिडियो युटुब मार्फत रिलिज भएको छ।
निशान सुब्बाको निर्देशनमा पोष्ट प्रोडक्सन ग्लोरी मिडियाले तयार गरेको भिडियो युटुबमा आएको छ। उक्त भिडियोको संगीत उत्तमजंग लिम्बू,स्वर अन्नु चौधरी र मोडेल परिक्षा थाम्सुहाङ लिम्बुले गरेकी छिन् । यसको अडियो रेकर्ड अजय कार्कीले गरेका छन्।
त्यस्तै,कोरसमा सन्ध्या भण्डारी,विना माझी,यसोधा माझी र सल्मा माझीले अभिनय गरेका छन् ।
‘नेपाल भ्रमण वर्ष २०२०’ लाई केन्द्रित गर्दै पूर्वी नेपालको १ नम्बर प्रदेश अन्तर्गत पहाडको रानी भनेर चिनिने कन्याम इलामको पर्यटकिय गन्तव्यको प्रचारप्रसारमा सहयोग गर्ने उदेश्यले शब्द मार्फत यहाँको बर्णन गरि म्युजिक भिडियो तयार गरिएको रचनाकार थेगिम बताउँछन्।
इलाम जिल्लाका विभिन्न सुन्दर ठाँउहरुको छायांकन गरिएको यस म्युजिक भिडियोले ओझेलमा परेका प्राकृतिक पर्यटकिय गन्तव्यहरु दर्शकका नजरमा पुर्याउन खोजेकोले एक पटक भिडियो हेर्न उनले आग्रह गरेका छन्।
मनोरञ्जनका साथमा आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण वृद्धि गर्न सके आर्थिक समृद्धिमा टेवा पुग्ने उनको दावी छ।
इलाम फाकफोकथुम-१ निवासी थेगिम सामाजिक कार्यमा पनि अग्रसर छन् । बाढी पीडित, आगलागी भइ क्षति भएको परिवारलाई,विद्यालय,खेलकुद क्षेत्र साथै निम्न आर्थिक अवस्था भएका विरामी र समस्यमा परेका साथीहरुलाई उनको अगुवाईमा आर्थिक संकलन गरि सहयोग गर्दै आएका छन्।
विभिन्न क्षेत्रमा अभिरुचि राख्ने उनी सामाजिक अभियान्ताको रुपमा चिनिएका छन् । विगत आधा दशक देखि निरन्तर गीत संगीतमा सक्रिय भूमिका निर्वाह गर्दै ‘ढकमक्क गुराँस फुल्यो’ भन्ने बोलको गीत पनि यस अघि सार्बजनिक गरिसकेका छन् ।
हेर्नुहोस् भिडियो :


















































