आमाको निस्वार्थता (कविता)

  त्रिविक्रम न्यौपाने
14 Shares

त्रिविक्रम न्यौपाने

गर्छिन् धरणा गर्भको ती महिला आमा बनौ की भनी

दिन्छिन् जन्म पनि त बालशिशुको पुरा भई मास नै

थियो कष्ट अनेक गर्भ रहँदा दुःखै भयो के कति

बिर्सिन्छिन् सब दुःख नै त तिनले त्यो शिशु पाएपछि

आमाको ममता मनैभरी भयो काखै भरिको छ त्यो

उम्लन्छ ममता सदा दिनभरी मूटु सरीको छ त्यो

पग्लन्छ मन त्यो हिमाल सरि झैं धारा अटुटै कति

रित्तो हुन्न सदैब नै बगिरह्यो त्यो बाल शिशुप्रति

देखिन् बिम्ब त बालकै पनि सधै आफ्नो जीवनगौरव

हुर्कन्छ शिशु त्यो दिनै दिन अनि पाएर माया खुब

ख्वाई बालकलाइ नै त पहिले खाने पछि नै अनि

 सारा हुन्छ समर्पणै समयको त्यो बाल शिशु छ नि

गर्छिन् आफ्नो सबै शरीर पनि त्यो बच्चा प्रति अर्पण

 हेर्छिन् बालकलाइ नित्य पनि ती मानेर नै दर्पण

लोलिबोली सुनाएरै त पहिले संगीत नै भर्दछिन्

आनिबानी व्यवाहारका सब कुरा सिकाएरै सार्दछिन्

 

जीतपुर मावि देउमाई न.पा. इलाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार