‘लाभुम्बाबा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

  नयाँ बुलन्द
14 Shares

इलाम : आन्छुमे नसानद्वारा निर्देशित लिम्बू भाषाको ‘लाभुम्बाबा’ (पूर्णिमाको) बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

पहाडकी रानी भनेर चिनिएको भारतको दार्जिलिङको विभिन्न ठाँउहरुमा छायांकन गरिएको म्युजिक भिडियो हाईलाईट्स नेपाल युट्युव च्यानल मार्फत सार्वजिनक भएको हो ।

गायक कुसल थलङ लिम्बुको आवाजमा सजिएको गितलाई संगीतकार नरेश लिङदेनले संगीत गरेका छन् । गितकार आन्छुमे नसानको शब्द रहेको उक्त गीतमा अनिस लाओती, बिपना नेम्बाङ र सुनिता सावदेनले अभिनय गरेका छन् ।

श्याम लिम्बूको एरेन्ज रहेको गीत श्रद्धा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । गीतकारको रुपमा छबि बनाएका आन्छुमे नसानले निर्देशन गरेको यस गीतको छायांकन र सम्पादन इसाक जबेगुको रहेको छ ।

सोम मगरातीको शृङ्गार रहेको छ भने सहायक निर्देशन प्रबिन सेलिङ ‘सेन्दो’ले गरेका छन् ।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार