गजल

  नन्दन सर्वत लिम्बू  90 पटक हेरिएको

नन्दन सर्वत लिम्बू
गजल टुक्रा टुक्रा भईकन
गन्तव्यमा पुग्ने धागो हुनुपर्छ
पानी माथी बल्ने अनि
अन्धकारलाई चिर्ने आगो हुनुपर्छ
आजका हामी युवा भोलिका
देश थाम्ने अभिभारा छ 
बिकृतिका ज्वार्भाटा आउँदै गर्दा
हामी बाङ्गो हुनुपर्छ
लच्किदैछ समृद्धि पन्छिदैछ
रास्ट्रप्रेम नेपाली यो मुटुमा
परि आए भाँचिएरै कुसंस्कार
पन्छाउने हागो हुनुपर्छ
फस्टाउदैछ बेइमानी
चुलिदैछ अभिमान मेरो देशमा
धमिलोमा माछा मार्छ्न रात
दिन युवा जागो हुनुपर्छ
फैलाएर दृश्टि पुर्याएर सोच
दुरबाटै भएपनि
रास्ट्र्प्रेमलाई नङ्ग्याउनेहरु
अब नाङ्गो हुनुपर्छ ।
देउमाई नगरपालिका, इलाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार