लिम्बू चलचित्र थेत्लङको ट्रेलर सार्वजनिक

ललितपुर : ओपेरा इन्टरटेन्मेन्टद्वारा निर्मित चलचित्र ‘थेत्लङ’को ट्रेलर मंगलबार किरात याक्थुङ चुम्लुङको भवन ललितपुरमा सार्वजानिक भएको छ । चुम्लुङका सचिव यासेली योङका सचिव यासेली योङहाङ, चलचित्र विकास वोर्ड आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक सुर्यप्रकाश चेम्जोङ, चलचित्रका निर्देशक किशोर सुब्बा र निर्माता मोनी ताम्लिङको उपस्थितिमा ट्रेलर सार्वजानिक भएको हो ।

लिम्बू भाषामा निर्मित चलचित्रको नेपाली अर्थ ‘पैचो’ हुन्छ । सिक्किमको क्याम्पसस्तरमा पढाई हुने थेत्लङ उपन्यासलाई चलचित्रमा ढालिएको हो । उपन्यासका लेखक देउमान होन्दाक लिम्बू हुन् ।

चलचित्रका निर्देशक किशोर सुब्बाले बैरागी काइलाले दिएको सुझाव लिम्बू भाषामा आधुनिकता ल्याउनुपर्ने लाई मनन् गर्दै चलचित्र बनाइएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार