शिलिचोङको काखैमा भिडियो सार्वजानिक (भिडियो सहित)

संखुवासभा : संखुवासभाको दुर्गम तथा सुन्दर शिलिचोङ गाउँपालिकाको पहिचान रहेको शिलिचोङको काखैमा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । संयोगान्त कुलुङको स्वर तथा संगिगतमा रहेको गीतको भिडीयो मंगलबार सार्वजनिक गरिएको हो ।

उक्त भिडियो सुरशाला इन्टरटेनमेन्ट युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा संयोगान्त कुलुङ, खेवाहाङ मेवाहाङ, भुपालराज मेवाहाङ र भुपेन्द्र कुलुङले शब्द रचना रहेको गीतमा टेकेन्द्र याक्सोको संगीत संयोजन रहेको छ । भोईस अफ नेपालको रेकर्डिङ स्टुडियोबाट रेकर्डिङ भएको गीत दिप घतानीले रेकर्डिङ गरेको हो ।

गीत तथा भिडियो मार्फत शिलिचोङको संस्कार संस्कृति, पर्यटकीय स्थल, स्थानीय भाषा तथा रहनसहनलाई उल्लेख गरिएको गायक संयोगान्त कुलुङले बताए । शिलिचोङ गाउँपालिकाका विभिन्न स्थानहरुमा छायाङ्कन गरिएको भिडियो महाबिर कार्कीले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार