
काठमाडौं : घरयासी सामान्य विवादबाट चर्चामा चुलिएका चलचित्र निर्माता छविराज ओझा र उनकी चौथी श्रीमती नायिका शिल्पा पोखरेलविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
छाविकी जेठी श्रीमती ५३ वर्षीया हेमा ओझाले बहुबिवाहको उनीहरुविरुद्ध उजुरी दर्ता गरेकी थिइन् । त्यसैको आधारमा छवि र शिल्पाविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी हो ।
जेठीसँगको सम्बन्ध नतोडिकन शिल्पालाई घर भित्र्याएपछि हेमाले उनीहरूविरुद्ध आइतबार प्रहरी परिसर गौशालामा बहुविवाहको मुद्दा दायर गरेकी थिइन् । प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले पक्राउ पुर्जी जारी भएलगत्तै उनीहरुको खोजी सुरु गरिएको जनकारी दिए ।


















































