बालिकालाई जसुदा स्मृति प्रतिभा पुरस्कार

  नयाँ बुलन्द
0 Shares

इलाम : जसुदा स्मृति प्रतिभा पुरस्कारबाट बालिका थपलिया पुरस्कृत भएकि छिन ।

भानु प्रतिमा संरक्षण तथा साहित्य सम्बद्र्धन समिति इलामले शनिबार थपलियालाई पुरस्कृत गरेको हो ।

इलामको देउमाई नगरपालिकास्थित चमैतामा बसेर साहित्यमा साधनारत थपलियालाई नगद १० हजार पाँचसय रुपैयाँ र सम्मान–पत्र सहित पुरस्कृत गरीएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल र इलामनगरपालिकाका मेयर महेश बस्नेतले पुरस्कार बितरण गरे ।

साहित्यमा सम्भावना बोकेको एक व्यक्तिलाई उत्साह स्वरुप यो पुरस्कार बर्षेनी समितिले बितरण गर्दै आएको छ । अघिल्लो बर्ष यो पुरस्कारबाट युवा पुस्ताका प्रखर कवि अन्वेश थुलुङ्लाई प्रदान गरिएको थियो ।

इलामकी चेली कवि तथा पत्रकार जसुदा खाकीको स्मृतिमा उनका श्रीमान वरिष्ठ पत्रकार पुष्पराज प्रधानले उक्त पुरस्कार स्थापना गरेका हुन ।

पुरस्कार बितरण गर्दै मेयर बस्नेतले साहित्य बिलासिताका निम्ति गरेको सृजना नभई जीवन÷समाज र संसार बदल्नका लागि गरेको सृजना रहेको बताए। साहित्यले राष्ट्रलाई अगाडी बढाउने किसिमको सृजनाहरु आउनु पर्नेमा जोड दिए । बिमल बैद्यको अध्यक्षतामा भएको कार्यक्रममा इलामे स्रष्टाहरुले आ आफना रचनाहरु प्रस्तुत भए थियो ।

पुरस्कृत हुने थपलिया बहुप्रतिभाको धनी हुन । इलामको गाउँमा बसेर साहित्य क्षेत्र सहित पत्रपत्रिकामा लेख रचनामा ब्यस्त छिन ।

तेह«थुममा २०४२ सालमा जन्मिएकि थपलिया बाबुकै प्रेरणाबाट २०५२ सालदेखि नै साहित्य क्षेत्रमा लागेकि हुन । इलाम चमैता निवासी पत्रकार बेनुप भट्टराईसंग बैबाहिक बन्धनमा बाँधिएकी थपलियाले नेपाली भाषाका पुस्तकलाई अंग्रेजी र अंग्रेजी भाषाका पुस्तकलाई नेपाली भाषामा अनुवाद गरेकी छन ।

अंग्रेजी भाषाका नेल्सन मण्डेला र हेलेन केलर पुस्तक नेपाली भाषामा अनुबाद गरेको पुस्तक बजारमा आइसकेको छ । मायाप्रेम र समसामयिक बिषयमा साहित्य सृजना गर्न रुचाउने थपलियाले हालसम्म गित, गजल र कविता गरेर तीनहजारको हाराहारीमा लेख रचना लेखिसकेकी छन । चाँडै बजारमा प्रणय पथ कबिता संग्रह ल्याउन लागेको उनले बताइन ।

नागरीक दैनिक, कान्तिपुर दैनिक, अन्नपूर्ण पोष्ट लगायतका राष्ट्रिय पत्रिका एवं म्यागजीन लगायतमा आफ्ना लेख रचना तथा बिचार लेख्ने थपलिया लामो समयदेखि साहित्य क्षेत्रमा कलम चलाउँदै आएकि छन । थपलियाको जीवनको अधिकांश समय कर्मथलो इलाम चमैतामै बितेको छ । सिर्जना, साधना गर्ने थलो पनि उनको चमैता नै बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार