खगेन्द्र यक्सो र सुनिता सुब्बाको ‘मायाले पर्खि बसेको’ भिडियो सार्वजनिक

  नयाँ बुलन्द
0 Shares

तेह्रथुम, असार
लामो समयको प्रतिक्षा पछि ख्यातिप्राप्त गायक खगेन्द्र यक्सो र सुनिता सुब्बाको आवाजमा रहेको ‘मायाले पर्खि बसेको’ गित बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘चुङवा दोभन’ ‘भज्याङ चौतारी’ ‘जुनतारा झलल’ जस्ता लोकप्रिय गितमा युगल स्वर पस्किएर लाखौ गित संगित प्रेमीको मनमा बस्न सफल सर्जक द्धय यक्सो र सुब्बाको कर्णप्रिय आवाजमा तयार भएको यस गितको म्यूजिक भिडियो युमा आर्टस्को अफिसियल युट्यूव च्यालनबाट सार्वजनिक गरिएको हो ।

शब्द संगित गायक यक्सोकै रहेको यस भिडियोमा पुर्वका चर्चित पत्रकार टीआर सेनेहाङको साथमा साहारा खापुङलाई बियोगान्त कथाकस्तुमा समेटिएको छ । विवाह भएको केही समय नबित्तै श्रीमान परदेसिदा एक अबला नारिको कष्टता र श्रीमतीको आशाको घडीमा मिठो सपना साचेर घर फर्किने कल्पनामा समय बित्ने दुखान्त बेदनालाई कलाकारद्धय सेनेहाङ र खापुङले अभिनय मार्फत ससक्त बनाएका छन् ।

चन्दु गोर्खालीको ऐरेञ्ज,मिक्सिङ र जिवन श्रेष्ठको छायाङकन रहेको यो भिडियो गायक यक्सोलै नै निर्देशन गरेका हुन् । पुर्वको पर्यटकिय स्थल तीनजुरे मिल्के जलजले क्षेत्रमा छायाङकन गरिएको यो गित एल्वम् ‘चुङवा दोभन–२’ मा समावेश रहेको छ ।

भिडियो यता,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार