भेडिगोठालो म्यूजिक भिडियो सार्वजनिक

  नयाँ बुलन्द
0 Shares


इलाम :लोकगायक इन्द्र गूरुङले स्वरवद्ध गरेको भेडिगोठाला गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । इलामको चमैतामा संकलन गरिएको भेडिगोठालो भाकाको म्यूजिक भिडियो सन्दकपुर, माइजोगमाई गाउ“पालिकालगायत यहा“का रमणीय स्थलहरुमा छया“कन गरिएको हो ।

‘यो म्युजिक भिडियोले यहा“को पर्यटन प्रर्वधनमासमेत साथ दिने अपेक्षा गरेका छौं,’ गायक गुरुङले भने, ‘भिडियो मार्फत स्थानीय पहिचान र संस्कृतिलाई समेत प्रर्वधन गर्न खोजिएको छ ।’ माइजोगमाई गाउ“पालिकामा आयोजित एक कार्यक्रमबीच अध्यक्ष जितवहादुर राई र उपाध्यक्ष सावित्रा भट्टराईले सार्वजनिक गरेका हुन् । ‘इलाम पा“चथर ताप्लेजुङ लगायतमा चलेको यो भाकामा भेडिगोठ जाने गोठाला छ महिना लेकमा रहेको गोठमा बस्ने हु“दा कतिपय गाउ“लले नचिन्ने अवस्था हुन्थ्यो,’ गायक राईले भने, ‘गोठालाले यहि टुङ्ना बजारएर पूर्वमा प्रचलित लोक भाकामार्फत आफूलाई चिनाउने प्रयास गरेको हुन्छ ।’

गायक गुरुङसहित डोमा शेर्पा लगायतले भिडियोमा अभिनय गरेका छन् । क्याम्पटेन नरवहादुर गुरुङले यो टुङ्ना भाकाको संकलन गरेका हुन् । क्रिएटिभ भिजनले म्युजिक भिडियो निर्माण गरेको हो ।
यसै अवसरमा माइजोगमाई गाउ“पालिकाको समग्र जानकारी समेटिएको डकुमेन्ट्री पनि सार्वजनिक गरिएको थियो । ६ वटा वडा रहेको यो गाउ“पालिकामा उल्लेख्य पर्यटकीय स्थल रहेकोले त्यसको प्रर्वधन र विकासमा सहयोग पुग्ने अध्यक्ष राईले वताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार