नाटक मंगली तेस्राे पटक मञ्‍चन

  नयाँ बुलन्द  181 पटक हेरिएको

चुलाचुली : सिकिया पुस्तकालयकाे आयाेजनामा नाटक मंगलीकाे मञ्चन सम्पन्न गरेको छ ।

संजय विश्वकर्माकाे परिकल्पना तथा निर्देशन रहेका नाटक मंगली मा दिप्ती भट्टराई, मनाेज शंकर, सराेज चापागाईं, लक्ष्मी श्रेष्ठ, विटिसा काेइराला, मनिक शंकर, सुरेन थेवे, विनिसा लिम्बू, अन्जु बास्काेटा, दिव्या भट्टराई, सुम्निमा लिम्बूले अभिनय गरेको थियाे ।

नाटकमा  महिला हिंसा तथा बढ्दाे बल्तकारकाे घण्टना र कम्जोर कानुनी प्रशासनमाथि कडा प्रहार  गरिएको छ भने उक्त नाटक धरमपुरमै दुई पटक र चुलाचुली पाठशाला नाटक उत्सव-२०७६ गरि जम्मा तीन पटक सम्म मञ्चन गरिएको निर्देशक संजय विश्वकर्माले वताएका छन् ।

शिवसताक्षी नगरपालिका धरमपुर वडा नं.१ ढकाल चाेकमै मञ्चन गरिएको नाटकमा दुई सय बढी दर्शकहरूकाे उपस्थिति रहेको आयाेजकका अध्यक्ष अविशेक नेम्वाङले वताए । चुलाचुली रंगमञ्चकाे संस्थापक अध्यक्ष तथा निर्देशक चेतन अाङथुपाेकाे प्रमुख अतिथित्वमा कलाकारहरूलाई प्रंशास पत्र वितरण गरिएको थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार