आमाको गुनासो

  त्रिबिक्रम न्याउपाने
28 Shares

 

बगे ती आंशु बनियोत धारा
रुदै ती भन्छिन गरिनै पुकारा
सन्तान सानो न ठूलो छ धेरै
विभेद गर्दै छ यहाँ अघोरै

धनी धनीदैछ दिनै
गरिब गरिबै गरिबी छ दिनै
नाङ्गो छ नाङ्गै अझ नाङ्गिदैछ
भोको छ भोकै अझ भोकनै छ

बासै हरायो कतिको त त्यहाँ
प्रकोप पर्दैछ दिनै त यहाँ
उजाड साथ ममता हरायो
समृद्धि बन्दैछ कुरा सुनायो

रोजगार भन्छ्न सृजना कति छ
विदेश जान्छ्न ती युवा उती छ
बूढो अशक्तै बनि बाल भैगो
नेता भएको शहरै पसि गो

गाउँ छ सुन्य बनिदै छ दिनै
सहर खचाखच भरिदैछ छिनमै
पेशा हरायो कृषि त्यो सबैको
आयात गर्छ्न दिनैका दिनको

बालिक छैनन सुरक्षा त केही
हत्या र हिंसा उतिनै छ त्यही
आतंक धेरै बढीनै रहेको
भन्छिन ती आमा गुनासो भएको
जीतपुर मा बि देउमाई-९ इलाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार