चुलाचुली पाठशाला नाटक उत्सवको तयारी पूरा

चुलाचुली : `विश्वव्यापीकरणमा ग्रामीण सौन्दर्यको खोजी´ नारा सहित “चुलाचुली रंगमञ्च” ले शैक्षिक पाठ्यक्रमलाई आधार मानेर सुरु गर्न लागेको चुलाचुली पाठशाला नाटक उत्सव-२०७६ को तयारी अन्तिम चरणमा पुगेकव  छ ।

चुलाचुली रंगमञ्च र शुरूवात थिएटर, क्रियटिभ  जर्नी फाउन्डेसन तास्मनीया अष्ट्रेलिया संगको संयुक्त आयोजनामा सामुदायिक कर्वड हल चुलाचुली ३, इलाममा  जेठ ३२ र असार १ गते नाटक उत्सव हुँदैछ ।

नाटक उत्सवमा जुनियर ६ निर्देशकहरूको ६ वटा  फरक विषयमा रहेको नाटक मञ्चन हुने भएको छ । पहिलो दिन झापा धरमपुरको सिकिया पुस्तकालयको नाटक मंगली, अमृत मेमोरियल बोर्डिङ इलामको लोरी, चुलाचुली बोर्डिङ स्कुल इलामको दुई केटी नाटक मञ्चन हुनेछ ।

दोस्रो दिन जनता माध्यमिक विधालय  इलामको पुन: मिलन, झापाको परिवर्तन थिएटरको छुई, श्रीअंन्तु एकेडेमी इलामको चमेली नाटक मञ्चन हुनेछ ।

२ लाख ५० हजार बढि खर्च हुने उक्त नाटक उत्सवमा झापा कदम थिएटर, मानव कम्प्युटर इन्स्टिच्युट, चुलाचुलीको सहकार्यमा हुनेछ ।

नाटक उत्सवलाई  चुलाचुली गाउँपालिका र ६ वटै वडा कार्यालयहरूको समेत समन्वय रहने आयोजकले जनाएको छ ।

जेठ ३२ गते उद्घाट्न हुने कार्यक्रममा प्रमुख अतिथि गायक तथा साहित्यकार गणेश रसिक, विशिष्ट अतिथि चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिप चन्द्र राई रहनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार