अन्जु पन्त र उत्तम जंगको ‘तिमी डुब्यौकी मेरो प्रेममा’ सार्वजनिक

  जीवन लिम्बू  124 पटक हेरिएको

काठमाडौं : नेपाली चलचित्र ‘तारेभीर’का निर्माता देउकृष्ण देवानको निर्देशन रहेको नयाँ गीत सार्वजनिक भएको छ । पछिल्लो पुस्ताले सर्वाधिक रुचाएका लोकप्रिय गायिका अञ्जु पन्त र गायक तथा संगीतकार उत्तमजंग लिम्बु लवतीको सुमधुर स्वरमा सजिएको ‘तिमी डुब्यौकी मेरो प्रेममा’ सार्वजनिक भएको हो ।

साहित्यकार हेन्सेन याख्खाको प्रेमिल शब्द भरिएको गीतको संगित स्वम गायक उत्तमजंगको रहेको छ । गीतलाई संजीव सुब्बाले एरेञ्ज गरेका छन् । पहाडकी रानी उपमाले परिचित पूर्वी नेपालको इलाम जिल्लाका विभिन्न रमाइला ठाउँहरुमा छायांकन गरिएको गीतमा निर्देशक देवनले गीतको भावलाई कलात्कम शैलीमा भिडियो मार्फत उतारेका छन् ।

इलामको कन्याम, श्रीअन्तु लगायत विभिन्न पर्यटकिय ठाउँ सँगै मोरङ, सुनसरी लगायतका विभिन्न ठाउँमा छायांकन भएको गीतको भिडियोमा आयुषा लिम्बुखिम र तिलक खत्रीको फिचरिङ रहेको छ । भिडियोलाई शिर कुमार साम्पाङ राईले छायाङ्कन गरेका हुन् ।

भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार