
ए ! बाल साना कलिला मुना हौ
दिनरात गर्दै बढीनै रहेछौ
जरो कलिलो मलिलो छ धर्ती
माता र पिता सँगको छ पिरती
साना ती ओठ दूध मुख देख्छु
जोडेर गाला गह्रौं चुप भन्छु
मुसुक्क मुस्कान हसिलो मुहार
चन्चल छ्न आखा खुसिको बहाड
चलायमान मै कति चक्चकिन्छौ
उफ्रेर छातिसँग लुटपुटिन्छौ
बाबाकी आमासँग मात्र खेल्छौ
अरु पराया किन अल्मलिन्थ्यौ
छुक छुके कलिला नरम हात पाऊ
चलाएर गर्छौ अनि हाउ भाऊ
लुगा कहाँ गो भनी पतो छैन
शरीर हुन्छ नाङ्गो थाहै हुदैन
न भोक तिर्खा छ न छ जाडो गर्मी
न हुन्छ निन्द्रा न ज्ञान् सदा
सुटुक्क रोएर सब दु:ख पोख्ने
अमुक भाषा अब कस्ले बुझ्ने
निदाएर सुत्छौ काखमा नै मेरो
उठेर खेल्छौ काखमानै मेरो
बिह्वल म हुन्छु हृदय मिलाई
रसाएर आयो ममता मलाई
भुलिन मैले स्मरण अझै छ
बाल पनामा ममता धेरै छ
प्रकृति छ देबो गुणको छ खानी
भरी दिन्छ माया ममता सदानै
जीतपुर मावि, दे.न.पा-९, जीतपुर,इलाम


















































