लुङा साहित्यकार पुरस्कार घोषणा

  डिल्ली मुसाहाङ  141 पटक हेरिएको

झापा : २०५६ सालदेखि निरन्तर प्रकाशन हुँदै आएको सेसेमी सेरेङ्हाङ नाल्बोद्वारा सम्पादित लुङा पत्रिकाद्वारा लुङा साहित्यकार पुरस्कार घोषणा भएको छ । झापाको दमकमा भएको श्रष्टाहरुको भेलाले पुरस्कार घोषणा गरेको हो ।

लिम्बू भाषाका १ स्रष्टा छनौट गरि नगद १० हजार र तामापत्रद्वारा सम्मान गर्ने र नियमित स्तम्भकार २ जनालाई (लिम्बू र नेपाली लेख्नेलाई) प्रत्येक वार्षिक उत्सवमा जनही नगद ५ हजार रुपैयाँ पुरस्कृत गर्ने भएको हो ।

लुङा पत्रिकाले प्रकाशन गर्ने प्रकाशित कृतिहरु लिम्बू भाषामा हुने प्रकाशक/सम्पादक सेसमी से–नाल्बोले बताए ।

भेलाले मानार्थ सदस्य महाकवि मोहन दुखुन (बंगाल) देवदास राई (इलाम), धनहाङ सुब्बा (दार्जिलिङ) हरि हुक्पा चोङ्बाङ (झापा), खिलकुमार चोङ्बाङ (असाम), लछामी सेर्मा पापो (झापा) र सेसेहाङ फियाक ( झापा ) लाई चयन गरेको छ ।

कार्यक्रममा सेसेहाङ फियाक, कवि र कथाकार पुष्पहाङ लोरिङ्देन लोवा, पोक्लाबाङ द्वैमासिकका प्रधान सम्पादक डिल्लीश्वर मुसाहाङ अम्याङ्सा, रंगकर्मी वनेम बिक्रम फागो, माङ्सेबुङ मासिकका प्रकाशक निङ्वाहाङ थेबे अन्य स्रस्ताहरु सन्त तिगेला खेवाहाङ, अनिल थोप्रा लिम्बू, नरेन्द्र वनेम लगायतको उपस्थिति रहेको थियोे ।

भेला लुङा पत्रिकाका प्रकाशक/सम्पादक सेसेमी सेनाल्बोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार