मेलिना र समिरको ‘फेवातालैमा’ भिडियो सार्वजनिक (भिडियो सहित)

  नयाँ बुलन्द
0 Shares

तेह्रथुम : नयाँ बर्षको अवशर पारेर गायक समिर सिंगक र मेलिना राईको आवाजमा रहेको ‘फेवा तालैमा’ बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । नेपाली गित संगितको क्षेत्रमा एकछत्र राज गर्न सफल गायिका मेलिना र चौतारे कान्छा उपनामले चिनिएका सदाबहार गायक समिरको निकै कर्णपृय लोक आधुनिक गितको म्यूजिक भिडियो सामाजिक सञ्जाल युमा आर्टस् युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाश थुलुङको शब्द रचना र मन थुलुङको कम्पोज रहेको यो गितको भिडियोमा पुर्वमा निकै चर्चित मानिएका पत्रकार टीआर सेनेहाङले मोडलिङ गरेका छन् । पत्रकार तथा मोडक सेनेहाङलाई चन्दा ईवाहाङ कुरुम्बाङ र शिखा पयाङगोले मुख्य पात्रको रुपमा साथ दिएका छन् भने सहायक भुमिकामा दिपा सेनेहाङ , स्वयम् सिंजागु , दिलबिक्रम सेनेहाङ र सबनम् लिम्बुलाई देख्न सकिन्छ ।

भिडियो निर्देशनमा राम्रो दखल भएका देउ कृष्ण देवान लिंखा याख्खाको निर्देशनमा निर्मित म्यूजिक भिडियो सुरेन सेनेहाङले खिचेका हुन् । तेह्रथुमको बिभिन्न पर्यटकिय क्षेत्रहरुमा छायाङकन गरिएको भिडियोमा असोक मण्डलको श्रृगार र ओम फेदपले सहायक क्यामेरामेनको रुपमा काम गरेका छन् ।

पुर्वेली सामाजिक परिवेशको कथावस्तुलाई समेटेर तयार पारेको यो भिडियो दर्शकहरुले निकै मन पराउने आशा गरिएको निर्देशक याख्खाले बताए ।

भिडियो : 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार