“किरात सुष्मा” विमोचन

  नयाँ बुलन्द
0 Shares

पाँचथर : वीरेन्द्र तुम्बापोद्वारा लिखित १६ औं राष्ट्रिय बिभुती तथा महान समाज सुधारक महागुरु फाल्गुनन्दको जीवनीमा आधारित “किरात सुष्मा” नामक पुस्तक शनिबार विमोचन भएको छ ।

लब्रेकुटीमा आयोजित कार्यक्रममा याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जबेगु,प्राज्ञ सदस्य सागर केरुङ, कियाचु लिम्बुवान प्रदेश समिती मुख्य सचिव मधु केरुङ्ले विमोचन गरेका हुन् । उक्त कृति तुम्बापोले विक्रम सम्बत २०२७ सालमा पहिलोपटक प्रकाशनमा ल्याएका थिए ।

दोस्रोपटक २०७५ सालको विमोचित कृतिलाइ कुलपति राजेन्द्र जबेगु र प्राज्ञ सागर केरुङले गरेका थिए । कार्यक्रम १७थुम गोश्वारी मन्दिर युमा माङ्हिम संरक्षण तथा सम्बर्द्धन समितिले आयोजना गरेका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार