इलाम नेविसंघद्धारा विरोध

इलाम ः मुल्यबृद्धिको विरोध स्वरुप इलाममा आइतबार सिटी जुलुस निकालिएको छ ।

एक सय दिनमा पाँच पटक पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएको दैनिक उपभोग्य वस्तुको मुल्य बृद्धि भएको भन्दै नेपाल विद्यार्थी संघ इलामले विरोध स्वरुप सिटी जुलुस निकालेको हो ।
तोकिएको बृद्धभक्ता दिनुपर्ने, मुल्य बृद्धि अनुसार नै कर्मचारीको तलब कृद्धि गरिनु पर्ने माग सहित ¥याली निकालिएको नेपाल विद्यार्थी संघ इलामका अध्यक्ष प्रकाश भट्टराईले जनाकारी दिए ।

महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामबाट निकालिएको ¥याली इलामचोब वजार नारायणस्थान–मालापथहुँदै पुन चोक वजारमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई नेविसंघ इलामका अध्यक्ष प्रकाश भट्टराई र उपाध्यक्ष टीकाराम पुरीले सम्वोधन गरेका थिए ।

भाषणले मात्र देश नचल्ने भएर जनताका पक्षमा सजक रहन समेत नेविसंले सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष भट्टराईले वताए । केपी शर्मा ओली नेतृत्वको सरकार जनताको पक्षमा भन्दा पनि मुल्यबृद्धि र कर बृद्धिमा लागि परेको नेविसंघ इलामको गुनाशो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार