रास्वपा पाँचथरको सभापतिमा प्रकाश गुरुङ - Nayabulanda.com

रास्वपा पाँचथरको सभापतिमा प्रकाश गुरुङ

  नयाँ बुलन्द
63 Shares

पाँचथर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाँचथरको प्रथम अधिवेशनले प्रकाश गुरुङको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

आइतबार फिदिमस्थित जिल्ला समन्वय समिति पाँचथरको सभाहलमा सम्पन्न अधिवेशनले गुरुङको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपसभापतिमा सहरसिंह तामाङ, सचिवमा कुशल जबेगु, सहसचिवमा कविहाङ सेलिङ र कोषाध्यक्षमा सिर्जना रिजाल निर्वाचित भएका छन्।

यस्तै, सदस्यहरूमा ज्ञानेन्द्र रसाइली, रुद्र चम्लागाईं, रेखा लावती, सविना राई, ईश्वरीप्रसाद निरौला, प्रयागराज सुवेदी, खगेन्द्र सिग्देल र इन्द्र लावती निर्वाचित भएका छन्।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा महेन्द्रविक्रम थाम्सुहाङ, चन्द्रराज आङ्देम्बे, भीम शिवाकोटी र माया चौहान चयन भएका छन् भने प्रदेश अधिवेशन प्रतिनिधिमा लक्ष्मण लावती र सिर्जना रिजाल निर्वाचित भएका छन्।

यसैगरी, नवनिर्वाचित सहसचिव कविहाङ सेलिङका अनुसार ३२ वटा विभाग समेत गठन गरिएको छ। नयाँ कार्यसमितिका सभापति गुरुङ र उपसभापति तामाङ यसअघि कै जिम्मेवारीमा पुनः दोहोरिएका हुन्।

अधिवेशनको उद्घाटन कार्यक्रममा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा विभिन्न दल तथा स्वतन्त्र व्यक्तिहरू पनि पार्टीमा प्रवेश गरेको रास्वपा पाँचथरले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

Nayabulanda.com