‘सेक्स भन्न मात्र अप्ठेरो हो गर्न सजिलो छ’ : ज्योति मगर

नेपाली समाज सेक्सबारे प्राय: खुल्दैन् । चाहे सर्वसाधरण हुन्, चाहे सेलेब्रेटी नै किन नहुन् । तर, स्टेजमा निकै भल्गर रुपमा प्रस्तुत हुने लोकगायिका ज्योती मगर भने एक अन्तर्वार्तामा सेक्सबारे खुलेर गफिएकी छिन् ।

अविवाहित रहेको ज्योतीले आफूले धेरै पटक सेक्स गरिसकेको खुलासा गरेकी छिन् । उक्त अन्तरवार्तामा उनले सेक्सलाई निकै सामान्यकरण गर्न खोजेकी छिन् । भन्छिन्, ‘नेपाली समाजमा सेक्स भन्न गाह्रो तर, गर्न एकदम सजिलो छ ।’

उनले आफूले सेक्स गरेको छैन भन्दा मानिसहरुले होइनकी भनेर शंका गर्न सक्छन् भन्दै कन्ट्रोभर्सी जवाफ दिएकी छिन् । उनले विहे भने अझै एक दुई वर्ष नगर्ने बताएकी छिन् ।

उनले आफ्नो गीतको रेट ३० देखि ४० हजार भएको पनि बताएकी छिन् । उनले गीतमा घुमाई फिराई सेक्सलाई नै जोड्ने र सेक्सलाई फरक तरिकाले प्रस्तुत गर्ने उल्लेख गरेकी छिन् । भनेकी छिन्, ‘जे बिक्छ त्यही दिने हो ।’

आफू फ्रिडम हिँड्न चाहने र यस्तो चाहना नेपाली समाजलाई नपचेको पनि उनले बताएकी छिन् ।

– न्यूजअभियान

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार